स्कुटी दुर्घटनामा दुई भारतीय महिलाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ असार २१ गते ८:४७

कञ्चनपुर । बेलौरी नगरपालिका–१० मा शुक्रबार साँझ स्कुटी दुर्घटनामा परी दुई भारतीय महिलाको मृत्यु भएको छ ।

बेलौरीको शिवनगरमा रहेका माइती भेट्न आएका भारतको उत्तरप्रदेशको पिलिभित जिल्ला ग्राम कम्पोजनरका २५ वर्षीय मनिषा हमाल र २३ वर्षीय पलविन्दर चौधरीको युपि २६ एए ६५३८ नं को स्कुटी कल्भर्टमा ठोक्किँदा मृत्यु भएको प्रहरीचौकी भुडाका प्रहरी सहायक निरीक्षक डम्बरसिंह कार्कीले बताए ।

दुवै जना माइतीलाई भेट्न आउने क्रममा स्कुटी असुन्तुलन भई कल्भर्टमा ठोक्किँदा गम्भीर घाइते भएपछि तत्कालै एम्बुलेन्समार्फत अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए । मृतक दुवै जनाको शव आज परिवारको जिम्मा लगाइएको छ ।

२०७६ असार २१ गते ८:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर