बबरमहलमा स्कुटी दुर्घटना : १९ वर्षीय युवकको मृत्यु, एक जना घाईते

आजको खबर   |    प्रकाशित : २०७६ असार २१ गते १६:१०

काठमाडौं । काठमाडौँ महानगरपालिका–११ स्थित बबरमहलमा आज ट्याक्सीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन्।

बा२ज ११८८ नं को ट्याक्सीले बा८३प ४०३५ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिनुभयो ।

स्कुटर चालक काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० का रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार ट्याक्सी चालकको खोजी भइरहेको छ ।

२०७६ असार २१ गते १६:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर