बजेटलाई सबैको साझा बनाउँछौँ : मुख्यमन्त्री भट्ट

आजको खबर   |    प्रकाशित : २०७६ असार २३ गते २:३२

आजको बैठकमा विशेष समयमा हुँदै मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले पेश गरेको बजेटलाई सबैको साझा विषय बनाउँदै प्रदेशको विकास र समृद्धिका लागि लाग्ने सरकारको ध्येय रहेको स्पष्ट पारे।

आगामी बजेट कार्यान्वयन गर्न प्रतिपक्षीलाई पनि साथमा लिएर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘सरकारले कसैलाई पनि काखा र पाखा गर्दैन, प्रदेशको विकासका लागि सबैले हातेमालो गर्नु जरुरी छ।’

मुख्यमन्त्री भट्टले काम गर्ने पुरानो सोच र शैलीमा परिवर्तन गरेर काम गर्न जरुरी रहेकामा जोड दिँदै बजेट कार्यान्वयनमा लैजाँदा अनियमितता र भ्रष्टाचार हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे।

विशेष समयमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले प्रतिपक्षीले उठाएका मुद्दा अगाडि बढाउने विषयमा भएको सहमतिबमोजिम सरकारले आगामी दिनमा काम गर्ने विश्वास व्यक्त गरे।

आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक राजश्व र व्ययको अनुमान (बजेट) माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ।

२०७६ असार २३ गते २:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर