वामपन्थी नेता अधिकारीको निधन

आजको खबर   |    प्रकाशित : २०७६ असार २३ गते ४:११

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ । नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमा उपचाररत् अधिकारीको आइतबार राति ८ः०२ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ।

स्व: नेता अधिकारीको सोमबार अन्तिम श्रद्धाञ्जलीसँगै अन्त्येष्टि गरिने परिवारले जनाएको छ । नेता अधिकारीलाई शनिबार साँझ पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गरेका थिए भने आइतबार नेता नारायणकाजी श्रेष्ठ, सिपी गजुरेल, पूर्णकुमारी श्रेष्ठलगायतका नेताहरुले भेट गरेका थिए।

विसंं २०१२ साउन गते हालको अजिरकोट गाउँपालिका–३ गोरखामा जन्मिएका अधिकारी विसंं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए । माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासनसमेत दिएका थिए ।

२०७६ असार २३ गते ४:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर