दाह्री कपाल फुलेका आर्यन र दिपाश्रीको आईटम गीत यस्तो हुने, हेर्नुहोस … (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असार २३ गते ६:५७

काठमाडौं । एकपछि अर्को ब्लकबस्टर चलचित्र दिएकी निर्देशक तथा कलाकार दीपाश्री निरौलालाई दर्शकले आइटम गीतमा देख्ने भएका छन् ।

विकासराज आचार्यको निर्देशन रहेको चलचित्र ‘हजार जुनीसम्म’को ‘आज नगद भोली उधारो’ बोलको गीतमा दीपाश्रीले आइटम नृत्य गरेकी हुन् भने उनीसँगै चकलेटी नायक आर्यन सिग्देल र कलाकार शिवहरी पौडेललाई पनि देख्न पाइनेछ ।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्री स्वयंमको स्वर छ । केही समय अघि पनि यस गीत सम्बन्धी केही क्लिप्स बाहिरिएको थियो तर त्यसमा नायका आर्यन सिग्देलको लुक्स सार्वजनिक गरिएको थिएन भने या भिडियोमा उनको लुक्स सार्वजनिक गरिएको छ । उनलाई यस गीतमा दाह्री कपाल फुलेका देखाइएको छ ।

निर्माण युनिटका अनुसार गीतमा दीपाले ‘भट्टी साहुनी’को रुपमा आइटम नृत्य गरेकी हुन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । यो गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, उत्तम केसी लगायतलाई पनि देख्न सकिने निर्देशक आचार्य बताउँछन् । केही दिनमा भिडियो सार्वजनिक गर्ने निर्माण युनिटको तयारी छ ।

सामिप्यराज तिमिल्सिनाको पटकथा रहेको ‘हजार जुनीसम्म’को आउँदो भाद्र ६ गतेलाई रिलिज डेट तय गरिएको छ । चलचित्रमा संचिता लुइँटेल, अनुभव रेग्मी लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रमा उदयराज सोताङ्ग, राजनराज शिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ निर्माता हुन् ।

भिडियो :

२०७६ असार २३ गते ६:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर