जात्रै जात्राको ५१ औ दिन सेलिब्रेशनमा श्वेताश्री फाउण्डेशनलाई १ लाख ११ हजार सहयोग (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असार २३ गते ८:३२

काठमाडौं । अभिनेत्री श्वेता खड्काले संचालन गरेको ‘श्वेताश्री फाउण्डेशन’लाई फिल्म ‘जात्रै जात्रा’ युनिटले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

फिल्मले ५१ दिन मनाएको अवसरमा शनिबार आयोजित कार्यक्रममा सो रकम अभिनेत्री श्वेतालाई हस्तान्तरण गरिएको हो ।

‘जात्रै जात्रा’का कलाकार ‘को बन्छ करोडपति’ कार्यक्रममा सहभागि भएका थिए । सहभागि भएर जितेको रकम श्वेताश्री फाउण्डेशनलाई दिने युनिटको उद्घोष थियो ।

‘कार्यक्रममा १० हजार मात्र जित्यौं । त्यसमा हाम्रो टिमबाट १ लाख रुपैयाँ थपेर यो रकम हस्तान्तरण गरेका हौं’ – शनिबार रकम हस्तान्तरण गर्दै निर्देशक प्रदिप भट्टराईले भने ।

श्वेताले फाउण्डेशनमार्फत सिन्धुपाल्चोकमा माझी बस्ति निर्माण गरिरहेकी छिन् ।

फिल्म युनिटबाट पाएको सहयोगले आफूलाई सामाजिक काममा अगाडि बढ्न हौसला मिल्ने अभिनेत्री खड्काले बताईन ।

२०७६ असार २३ गते ८:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर