५० ओभरको खेल १६ ओभरमै सिध्याउँदै नेपाल एसीसी यु–१९ इस्टर्न क्रिकेटको फाइनलमा

आजको खबर   |    प्रकाशित : २०७६ असार २३ गते ९:०८

काठमाडौं । नेपाल एसीसी यू–१९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमै ३ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । कप्तान रोहित कुमार पौडेलले ३१ रन बनाए । दुवैले समान २–२ चौका र १–१ छक्का प्रहार गरे । सुरुवाती तीन विकेट ३० रनमै गुमाएको नेपालका लागि कप्तान रोहित र भीमले चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए । यी दुईले ६० रनको साझेदारी गरे ।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाले ४०.५ ओभरमा ८७ रनमा अलआउट गरेको हो । मलेसियाको लागि मोहम्मद अमिरले सर्वाधिक २४ रन बनाए । नेपालका लागि बलिङमा सागर ढकालले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै रसिद खान, कमल सिंह ऐरी र तिलक राज भण्डारीले १–१ विकेट लिए ।

२०७६ असार २३ गते ९:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर