‘सार्क फिल्म फेस्टिबल’मा स्वस्तिमाले जितिन् अवार्ड, पहिलो अवार्ड नै अन्तराष्ट्रिय (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असार २३ गते ९:०८

काठमाडौं । श्रीलङ्कामा आयोजित ‘दी सार्क फिल्म फेस्टिबल–२०१९’मा चलचित्र ‘बुलबुल’बाट अभिनेत्री स्वस्तिमा खड्काले अवार्ड जितेकी छिन् ।

स्वस्तिमाले आफूले ‘बेस्ट परफर्मर जुरी अवार्ड २०१९’ हात पारेको फेसबुकमा जानकारी दिएकी छिन् । स्वस्तिमाले अवार्ड पाएसंगै फेसबुकमा खुसी साटदै यो अवार्ड नेपालका लागि भएको बताएकी छिन् । साथै उनले आफूले जितेको अवार्ड ‘बुलुबल’ टिमलाई समर्पित गर्न चाहने उल्लेख गरेकी छन् ।

जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेष्टिबलमा सहभागी हुन स्वस्तिमा गत हप्ता श्रीलंका पुगेकी थिइन् ।

गत वर्षको फागुनमा प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित ‘बुलबुल’लाई समीक्षकले निकै प्रशंसा गरेका थिए । चलचित्रमा स्वस्तिमाले जिवन्त अभिनय गरेकी थिईन् । ‘सार्क फिल्म फेस्टिबल’ अवार्ड स्वस्तिमाको फिल्मी करियरकै पहिलो अवार्ड हो जसकारण उनको लागि यो अवार्ड अझ विशेष रहेको छ ।

भिडियो हेर्नुहोस् …

२०७६ असार २३ गते ९:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर