‘कबड्डी कबड्डी कबड्डी’को टिजर रिलिज (टिजरसहित)

आजको खबर   |    प्रकाशित : २०७६ असार २४ गते ४:२३

काठमाडौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ ।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी, विजय बराललाई प्राथमिकता दिईएको छ । जसमा दयाहाङ र उपसनाको प्रेम, रोमान्स समेटिएको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रले स्वजातिय विवाह र अन्तरजातिय प्रेमकथा भन्नेछ । चलचित्रमा दयाहाङ, उपासना, विजयका साथमा रीश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले लगायतको अभिनय छ ।

चलचित्रको कथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियार चलचित्रका निर्माता हुन् ।

रेनशा वान्तवा राईको कोरियोग्राफी, शैलेन्द्र डी कार्कीको छायाँकन रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन छ ।

यसका अघिल्ला दुई श्रृङखला हिट भएका कारण यस चलचित्रप्रति दर्शकको प्रतिक्षा ब्यग्र छ । सार्वजनिक टिजरको स्तरले पनि दर्शकको प्रतिक्षालाई अझ बढाउने अनुमान गर्न सकिन्छ । चलचित्र भदौं १३ गतेबाट प्रदर्शनमा आउनेछ ।

टिजर :

२०७६ असार २४ गते ४:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर