आजबाट आगामी तीन दिनसम्म देशैभर मौसम बदली र वर्षा हुने

आजको खबर   |    प्रकाशित : २०७६ भदौ २९ गते ३:३६

काठमाडौँ । आज आइतबार देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसतभन्दा थोरै भाग उत्तरतर्फ सरेकाले देशका धेरै स्थानमा हल्का तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीनदिनको मौसम पूर्वानुमान यस्तो छ

भाद्र २९ गते (आइतवार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भु-भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३० गते (सोमबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३१ गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा साथै पूर्ब तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य तथा पुर्वका धेरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

२०७६ भदौ २९ गते ३:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर