चावहिलमा अन्तिम संस्कार गर्न ठिक्क पारिएको शव खोसाखोस

आजको खबर   |    प्रकाशित : २०७६ भदौ ३० गते ०:४५

काठमाडौं। मानिस मरेपछि उसको धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिन्छ। यसका लागि उसले मान्ने धर्म संस्कारअनुसार निश्चित विधि पूरा गरिन्छ भने अन्तिम संस्कार गर्ने स्थान पनि स्थायी नै हुन्छ।

सामान्यता चिहान घाटमा अन्तिम संस्कार गरिँदा सबैका आँखामा आँशु हुन्छ । मन रोयको हुन्छ। वातावरण भावविह्वल हुन्छ । तर, सबै स्थानमा अन्तिम संस्कार गर्दाको वातावरण भावविह्वल हुँदो रहेनछ। आइतबार काठमाडौंको चावहिलको गंगाहिटीमा अवस्थित मसानघाट अन्तिम संस्कार हुँदा आक्रोसको वातावरण थियो।

चावहिलको मसानघाटमा जब ६० वर्षीया लक्ष्मी डंगोलको शव अन्तिम संस्कारका लागि लगियो। चितामा जलाउन राखियो। त्यहाँ आफ्न्त तथा उनका मलामीहरु भावविह्व हुने मौका नै पाएनन्। उल्टै आक्रमणको शिकार बन्ने स्थिति देखियो।

मसानघाट छेउछाउ घरा भएकाहरु शव चलाउन नदिने भन्दै विरोधमा उत्रिए। उनीहरु शव खोस्नै पुगे। शव खोसाखोसको स्थिति उत्पन्न भयो। अवस्था नाजुक भएपछि त्यहाँ प्रहरी बोलाइएको वडा नम्बर ७ का वडा अध्यक्ष शुद्धकुमार डंगोलले डिसी नेपाललाई जनाए। उनले भने, ‘यहाँ परम्पराअनुसार अन्तिम संस्कार हुँदै थियो, अन्य स्थानीयहरुले अवरोध गरे।’ आइतबार लक्ष्मीको शव प्रहरीको सुरक्षामा जलाइएको थियो । प्रहरीले शवलाई सुरक्षा दिएको नभई शान्ति सुरक्षा कायम गरेको प्रहरी वृत्त गौशलाका एक प्रहरी अधिकारीले बताए।

चावहिल मसानघाटमा यस्तो अवस्था सँधै हुने गरेको छ। नेवार समूदायको परम्परागत रुपमा अन्त्येष्टि गर्ने घाट यही हो। यहाँ उनीहरुले परापूर्व कालदेखि नै अन्तिम संस्कार गर्दै आएका छन्। तर, बढ्दो वस्तीले मसानघाट छेउछाउमा पनि बाक्लो बस्ती वनेको छ। घर आँगनमै शव जलाउन थालिएको भन्दै स्थानीयहरु यसको विरोध गर्दै आएका छन् ।

वडा अध्यक्ष डंगोलले दुबै पक्षलाई राखेर समस्या समधानको पहलसमेत गरिएको बताए। उनले भने, ‘धेरै पटक छलफल गरियो, तर समस्या समधान हुन सकेको छैन।’ उनले वार्ताबाट समस्या समधान गर्न नसकिएको स्वीकार गर्दै अन्तिम निर्णय गर्ने अधिकार स्थानीय तहलाई नभएको बताए।

उनले दुबै पक्षलाई यो विषयमा अदालत जान सुझाव दिएको बताए। उनले भने, ‘अदालतबाट स्टे अर्डर ल्याउनु पर्यो, कि जलाउन पाउँ भन्ने हुनु पर्यो कि जलाउन पाईँदैन भन्ने हुनु पर्यो।’ उनले यो समस्या अदालतबाट मात्रै समधान हुन सक्ने बताए। उनले परम्परा तोड्न कसैलाई भन्न नसकिने बताए।

२०७६ भदौ ३० गते ०:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर