बुद्ध एयर : मन्त्री भट्टराईका कारण विमान २४ मिनेट ढिला उड्यो

आजको खबर   |    प्रकाशित : २०७६ भदौ ३१ गते ६:५०

काठमाडौं। शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानमा संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईमाथि भएको ‘दूर्व्यवहार’बारे बुद्ध एयर प्रालिले सोमबार प्रष्टीकरण दिएको छ।

बुद्ध एयरले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री भट्टराईका कारण उडान २४ मिनेट ढिला भएको थियो। बुद्ध एयरका अनुसार शनिबार बुद्ध यएरको उडानको पहिलो समय ६ बजेर २५ मिनेट थियो। तर, काठमाडौंबाटै विमान ढिलो उडेपछि सो विमान नेपालगञ्ज ६ बजेर २ मिनेटमात्र अवतरण गर्यो। उडानको दोस्रो तालिका ६ बजेर ४० मिनेट कायम गरियो। तर, मन्त्री भट्टराईलाई पर्खँदा विमान ७ बजेर ४ मिनेटमा उड्यो। यसरी मन्त्रीका कारण विमान २४ मिनेट ढिलो उड्यो।

कुरा यतिमा सिमित भएको भए मन्त्रीका कारण विमानले गरेको ढिलाईबारे चर्चा हुने नै थिएन। सोही विमान माफर्त काठमाडौं उडान भर्ने यात्रुहरु विमानस्थलको प्रतिक्षालयमा कुर्दा कुर्दा हैरान भइसेका थिए।

यहीबीचमा यती एयरलाइन्सको विमान ६ बजेर २१ मिनेटमा उड्यो। श्री एयरको विमान ६ बजेर ५१ मिनेटमा उड्यो। ६ बजेर ४० मिनेटमा उड्ने भनिएको विमानमा श्री एयरको विमान उडिसक्दा पनि यात्रुहरुलाई बोर्डिंग गरिएन।

यहीबीचमा ६ बजेर २५ मिनेटमा नागरिक उड्डयन प्राधिकरणका प्रमुखको फोन बुद्ध एयरको ग्राउण्ड स्टेशनलाई आयो। प्रमुखले मन्त्री जी पनि सोही विमानमाफर्त काठमाडौं आउने भएकाले रोक्न भनियो। विभागीय मन्त्रीलाई बुद्ध एयरले नपर्खने ‘साहसिक निर्णय लिन’ सकेन। उसले मन्त्रीलाई पर्खने निर्णय लियो।

प्राधिकरणका प्रमुखले धम्बोजी (नेपालगञ्जको एक चोक)मा आइपुगेको बताएपछि पर्खिएको बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर, उनीहरु भनेको समयमा आउन नसकेको पनि बुद्ध एयरले जनाएको छ।

उता मन्त्रीहरुले ढिलो गरे, यता यात्रुहरु आक्रोशित हुन थाले। मन्त्री भट्टराई विमान स्थल पुगेपछि ‘अभियन्ता’ ज्ञानेन्द्र शाहीलगायतका यात्रुहरुले मन्त्रीमाथि आक्रोश पोखे। तर, मन्त्री भट्टराई चुप बसे

उनले कुनै प्रतिवाद गरेनन्। मन्त्री विमानमा चढे। विमानमै आक्रोशित यात्रुहरुले मन्त्री भट्टराईमाथि आक्रोश पोखिरहे। सबै यात्रु मन्त्री रहेको नजिक आएपछि विमान नै ढल्किएको बुद्ध एयरले जनाएको छ। विवाद साम्या भएपछि विमानले उडान भर्यो। विवादका कारण पनि उडान केही समय ढिला भएको बुद्ध एयरले जनाएको छ।

उता विमान भित्रै मन्त्रीमाथि पोखिएको आक्रोशको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। यता काठमाडौंमा आइतबार यही विषयले बजार तातियो। ‘अभियन्ता’ शाहीले यही विषयमा ललितपुरस्थित उनको संस्था ‘नेपालका लागि नेपाली’ को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरे। तर, त्यहाँ मन्त्री भट्टराईको पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीहरु पनि पुगे।

उनीहरुले शाहीलाई विभिन्न प्रश्न सोधे। हुलहुज्जतमा उत्रिए। यसपछि सुरक्षाका लागि भन्दै शाहीलाई प्रहरीले नियन्त्रणमा लियो। सोमबार उनीमाथि विमानस्थलमा हुलदंगा गरेको आरोपमा मुद्दा चलाइएको छ।

बुद्ध एयरको विमानमा के भएको थियो ? हेर्नुहोुस् यो भिडियोमा …

२०७६ भदौ ३१ गते ६:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर