त्रिभुवन विमानस्थलको सुरक्षा अब ४४५ सिसीटिभी ले गर्ने (भिडियो रिपोर्ट)
आजको खबर | प्रकाशित : २०७६ असोज १ गते ८:०२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई लक्षित गरी विमानस्थल सुरक्षा व्यवस्थापनको कामलाई तीव्रता दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा निकायका प्रमुख डिआईजी सूर्यप्रसाद उपाध्यायले सो विमानस्थलको सुरक्षाको उचित व्यवस्थापनको काममा तीव्रता दिइएको जानकारी गराए ।
उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ समेत ध्यानमा राखेर सो विमानस्थलको सुरक्षाका लागि थप सय वटा सिसीटिभी क्यामेरा समेत जडान गर्न लागिएको जानकारी दिए । हाल सो विमानस्थलमा ३४५ वटा सिसीटिभी क्यामेर जडान गरिएको छ ।
त्यसमा सय वटा थप गरेर विमानस्थलको सुरक्षा व्यवस्थालाई थप भरपर्दो बनाउन लागिएको डिआईजी उपाध्यायले बताए । विमानस्थलको सुरक्षाका लागि हाल सय वटा सिसीटिभी क्यामेर जडानको काम भईरहेको छ ।
‘नेपाल भ्रमण वर्ष–२०२०’ मा कुनै प्रतिकूल असर नपरोस् भनेर पनि सो विमानस्थलको सुरक्षाका लागि आवश्यक प्रविधि जडानको कामलाई प्राथमिकता दिइएको पनि विमानस्थलले जनाएको छ । थप तथा विस्तृत जानकारीको लागि केन्द्रबिन्दु न्युजले तयार पारेको यो पूरा भिडियो रिपोर्ट हेर्नुहोस् …