संविधान दिवस : संविधानको कार्यान्वयन सन्तोषजनक

आजको खबर   |    प्रकाशित : २०७६ असोज ३ गते ३:०४

काठमाडौँ। संविधानसभाबाट संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ। असोज तीन गते मनाइने संविधान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए।

संविधानसभाबाट संविधान जारी हुँदा मुलुकको अवस्था सामान्य थिएन। मधेस केन्द्रित दल संविधान अपूर्ण रहेको भन्दै आन्दोलनमा थिए भने छिमेकी मुलुक भारतले संविधानप्रति असन्तुष्टि जनाउँदै नेपालमाथि अघोषित नाकाबन्दी नै लगाएको थियो।

संविधान जारी भएको चार वर्षसम्म संविधान कार्यान्वयनमा सन्तोषजनक प्रगति भएको छ। संविधानलाई अपूर्ण रहेको भन्दै विगतमा आन्दोलन गर्ने राजनीतिक दल यही संविधान अनुसार भएको निर्वाचनमा सहभागी भएर सरकारमा संचालनमा छन् भने नेपालमाथि नाकाबन्दी लगाएको भारतले पछिल्लो समय नेपालसँगको सम्बन्धलाई थप सुदृढ पार्न खोजिरहेको छ।

संविधान संशोधन गर्नुपर्ने समाजवादी नेपाल र राजपाको माग यथावत छ र सरकारले पनि आवश्यकता र औचित्याका आधारमा संविधान संशोधन गर्न सकिने जनाएको छ। संविधान जारी भएपछि मुलुकमा तीन तहको निर्वाचन सम्पन्न भएका छन्।

मुलुक नयाँ शासन व्यवस्थामा गएको छ। एकात्मक राज्य सत्ता अहिले संघीय ढाँचामा भएको छ। स्थानीय तह, प्रादेशिक र संघीय गरी मुलुकमा तीन तहको सरकार संचालित छन्।

२०७६ असोज ३ गते ३:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर