९४ वर्षको उमेरमा स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको निधन

आजको खबर   |    प्रकाशित : २०७६ असोज ४ गते ८:३४

वामपन्थी आन्दोलनका योद्धा एवं विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ । विराटनगर–१५ निवासी स्व गुप्ता मिर्गौला रोग र मधुमेह रोगबाट पीडित सथए भने उनको शुक्रबार साँझ निधन भएको थियो ।

स्व मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लागेका उनले ऐतिहासिक जुटमिल हडतालमा सक्रिय भूमिका निभाएको थियो । विसं १९८२ भारतको कोलकत्तामा जन्मनुभएका स्व गुप्ताको २००७ सालको क्रान्तिमा ठूलो भूमिका रहेको थियो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्व गुप्ताको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरे । यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतले पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरे ।

उनको आज हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ । उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।

२०७६ असोज ४ गते ८:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर