जमराको जुस पिउनुहोस् क्यान्सर, मधुमेह जस्ता खतरानाग रोगहरु भगाउनुहोस् (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज ५ गते २:०८

काठमाडौ । हामी जो कोहीले विजय दशमीको दिनदेखि पूर्णीमा सम्म टिकासँगै जमरा लगाउने गर्दछौ । तर त्यो जमराको फाईदा थाहा पाउने हो भने सबै चकित हुनुहुनेछ । जौको जमरा फाइबरयुक्त गुणका कारण पछिल्लो शरिरमा चमत्कारीक फाईदा दिने तथ्य फेला परेको छ । चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण गहुँ, जौले मुटु रोग,पाचन प्रक्रिया, क्यान्सर तथा टाइप २ मधुमेहको जोखिम कम गर्छ ।

चिकित्सकहरुका अनुसार मानिसका लागि गहुँ जति स्वस्थकर छ, उमारेको गहुँबाट बनेको जुस त्योभन्दा धेरै फाइदाजनक छ । त्यसैले गहुँको जुस पृथ्वीकै सर्वोत्कृट स्वस्थ्यकर जुसमध्ये पर्छ ।

गहुँको जुसमा उपचारात्मक, चिकित्सकीय तथा रोग निको पार्ने गुण हुन्छ । क्लोरोफिल, अमिनो एसिड, मिनेरल्स, भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन डी र इ को ठूलो स्रोत मानिएको गहुँको जुसमा म्याग्नेसियम, पोटासियम, आइरन, जिन्क, कपर, सेलेनियम र थाएमिन पाइन्छ ।

उमारेको गहुँ सामान्य तरीकाले तयार हुने भएकाले यसमा आवश्यक पौष्टिक तत्व तथा मिनेरल्स पहिले नै टुक्रिएर बस्ने हुँदा यो तुरुन्तै रक्तकोषिकाहरुमा घुल्दछ ।

यसमा एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टीक्यान्सर तथा एन्टी इन्फ्लामेन्टरी गुण रहेको हुन्छ । चिकित्सकहरु गहुँको कच्चा पातलाई जुसमा परिणत गरेर दिनमा कम्तिमा एक चौथाई कप गहुको जुस सेवन गर्न सुझाव दिन्छन् । तपाईहरु यसको सुरुवात एकपल्टमा एक चौथाई कप जुस वा दिनमा दुईपल्ट डेढ कप जुसको सेवन गरेर पनि गर्न सक्नुहुन्छ ।

कसैकसैलाई सिधै गहुँको जुस सेवन गर्दा वान्ता हुने वा टाउको दुख्ने समस्या हुन सक्छ । त्यतिबेला अन्य फुलफूल तथा तरकारीको रससित मिसाएर पनि यसको सेवन गर्न सक्नुहुन्छ । तपाई यसको धुलो पनि प्रयोग गर्न सक्नुहुन्छ । एक गिलास पानीमा उमारेको गहुँलाई मिसाएर पनि यसको सेवन गर्न सकिन्छ ।

गहुँलाई जमरा उमारेजसरी घरमै उमारेर त्यसका पातलाई पेलेर जुस बनाउन सकिने भएकाले यसको उत्पादन गर्न सजिलो छ । विभिन्न आयुर्वेदिक औषधालय एवं प्राकृतिक चिकित्सालयमा गहुँको जुस उत्पादन र विक्री गर्ने गरिएको पाइन्छ । यो रस सेवन गर्नुका मुख्य फाइदा यस्ता छन्ः

१, प्राकृतिक रुपमा उर्जा दिन्छ : स्वास्थका दृष्टिकोणले निकै फाइदाजनक मानिएको यो जुसले प्राकृतिकरुपमा उर्जा प्रदान गर्छ । यो एमिनो एसिडको मुख्य स्रोत हो, जुन शरीरमा प्रोटिनको मात्रा बढाउन मद्दत गर्छ ।

अण्डा, मासु जस्ता खाद्य पदार्थ खादाँ त्यसलाई प्रोटिनमा परिणत गर्नुपुर्व पहिले एमिनो एसिडमा परिणत गर्न जरुरी हुन्छ । तर, यो जुसमा पहिले नै एमिनो एसिड हुने भएकाले शरीरले त्यसलाई टुक्राउन आवश्यक पर्दैन । कुनै पनि फलफूल वा तरकारीको जुसमा २ देखि ४ चम्पा उमारेको गहुँको धुलो मिसाएर खाएमा त्यसले शरीरलाई आवश्यक उर्जा प्रदान गर्छ ।

२, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ : शरीरका लागि रोग प्रतिरोधात्मक क्षमता जरुरी हुन्छ । यसले तपाईको शरीरलाई विभिन्न रोगसित लड्ने क्षमता प्रदान गर्छ । गहुँको जुसले तपाईलाई रोगसित लड्न अझ धेरै उर्जा प्रदान गर्छ ।

त्यतिमात्र हैन, यसले तपाईको शरीरमा भएका कोषिकाहरुलाई बलियो बनाउनुका साथै कलेजोमा जमेर बसेका विषाक्तहरुलाई नष्ट गरी जसले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याई रोग लाग्ने सम्भावना बढाएर लैजान्छ ।

त्यस्तै, यसमा रातो रक्तकोषिकाको वृद्धि गर्ने क्षमता रहेको हुन्छ, जुन रोग प्रतिरक्षाका लागि निकै आवश्यक छ । त्यस्तै, यसमा पाइने ‘भिटामिन सी’ तथा ‘भिटामिन ए’ लगायतका तत्वले रुघा, खोकी, ज्वरो तथा केही गम्भीर प्रकारका रोगसित लड्ने शक्ति प्रदान गर्छ । सन् २०१३ मा ‘जर्नल अफ बायोलोजिकल केमेस्ट्रीमा प्रकाशित एक अध्ययन अनुसार उमारेको गहुँको जुसले रोग प्रतिरोधात्मक क्षमता सक्रिय पार्ने गुणहरु रहेको हुन्छ ।

३, मोटोपना हटाउँछ : मधुमेह, मुटु रोग लगायतका विभिन्न खाले गम्भीर रोग लाग्नुको पछाडी मोटोपना मुख्य कारक मानिन्छ । शरीरबाट अतिरिक्त बोसो हटाउन तथा शरीरको तौललाई सन्तुलनमा राख्न गहुँको जुस सेवन गर्नु उपयुक्त मानिन्छ ।

गहुँको रसमा सेलेनियम नामक तत्व हुन्छ, जुन शरीरको तौललाई सन्तुलनमा राख्ने तत्व, थाइराइड ग्रन्थीको परिचालनको लागि आवश्यक छ । अस्वस्थ थाइराइड ग्रन्थीले शरीरमा हर्मोनको गडबढी गरी मोटोपना बढाउँछ ।

यसमा पोटासियम पाइन्छ । जसले शरीरमा पानी मात्रालाई कायम राख्न मद्दत गर्छ । गहुँको जुस सेवन गर्दाले भोक कम लाग्ने हुँदा यसले तपाई हामीलाई अस्वस्थ्यकर खाना खानबाट जोगाउँछ । यसले शरीरको मेटाबोलिज्म ९खानालाई शक्तिमा परिणत गर्ने प्रकृया० बढाउँछ, जसले शरीरमा भएको अतिरिक्त क्यालोरी हटाउँछ । बिहान सबेरै खाली पेटमा यो रसको सेवन गर्नाले तपाईलाई दिनभरि अतिरिक्त खाना खानबाट जोगाउँछ ।

४, रगतमा चिनीको मात्रा कायम राख्छ : प्रत्येक दिन गहुँको जुस सेवन गर्नाले तपाईको रगतमा चिनीको मात्रालाई सुचारु गर्न सघाउ पुर्‍याउँछ । यसले शरीरमा ग्लुकोज तथा लिपिडको मात्रामा सुधार गर्छ, जसले मधुुमेहलाई सन्तुलित राख्न मद्दत गर्छ ।

यसले पाचन प्रणालीमा सुधार ल्याई पेटलाई खाना पचाउने प्रक्रियाबाट राहत दिन्छ, जसले गर्दा मधुमेहका लागि आवश्यक पर्ने इन्सुलिनका उत्पादन गर्न सघाउ पुर्‍याउँछ । यसले प्याङक्रियाज तथा कलेजोको विषाक्त हटाई अप्रत्यक्ष रुपमा मधुमेह सन्तुलनमा राख्न मद्दत पुर्‍याउँछ ।

५, मुटुमा लाभदायक : प्रत्येक दिन गहुँको रसको सेवन गर्नु मुटुका लागि स्वास्थ्यकर मानिन्छ । यसमा भएको क्लोरोफिलले मुटुका धमनी ९आर्टरी० कडा हुने समस्या तथा उच्च रक्तचापको समस्याको उपचार गर्नमा मद्दत गर्छ ।

यसमा अक्सिजनको मात्रा उच्च हुने र रक्तनलीलाई सफा गर्ने क्षमता भएकाले यसलाई प्रभावकारी पनि मानिन्छ । यसले रक्तनली शुद्ध गरी साघुँरो हुनबाट जोगाएर रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले उच्च कोलस्ट्रोरलाई नियन्त्रणमा राख्छ ।

 

२०७६ असोज ५ गते २:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर