गृहमन्त्रीकै अगाडि आईजीपी खनालको दमदार भाषण (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७६ असोज ६ गते २:४४

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरी भित्र अनियमितता नभएको दावी गरेका छन् । प्रहरी महानिरीक्षक खनालले प्रहरी संगठन भित्र पनि सुशासनलाई जोड दिइएको उल्लेख गर्दै कहीँ कतै अनियमितता भएको पाइए कडा कार्वाही गर्ने चेतावनी दिए ।

आईतबार १५ दिन ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानलाई सफल बनाउन पनि नेपाल प्रहरी कटिवद्ध भएर लागि परेको बताए । प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि युवाहरुको परिचालनमा जोड दिने पनि बताए । उनले चालू आर्थिक वर्षलाई ट्राफिक व्यवस्थापन अभियानकै रुपमा संचालन गरेर यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरीको भूतपूर्व संगठनहरु पनि स्वयंसेवकको रुपमा परिचालन हुने अपेक्षा समेत गरे ।

हेरौं भिडियोमा …

२०७६ असोज ६ गते २:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर