2 हप्तामै पहेँलो र कालो दाँत चम्काउने घरेलु उपाय (भिडियो रिपोर्ट)

आजको खबर   |    प्रकाशित : २०७६ असोज ७ गते १:२०

मानिसको सुन्दरतामा विशेष प्रभाव पार्ने दाँत पहेँलो हुनु हिजो आज धेरै को समस्या हो । सही तरिकाले दाँत को हेरचाह नगर्नु, चुरोट, सुर्ती, पराग, जस्ता कुराहरू बढि सेवन गर्दा दाँत पहेँलो हुने समस्या हुने गर्दछ । आफ्नो अनुहारको सुन्दरताको तत्व पहेँलो होस् भन्ने केही पनि चाहँदैनन् ।

दाँतको पहेँलोपन हटाउने केही घरेलु औषधी :
१. हाम्रो गाउँघर तिर नुन र तेलले दाँत सफा गर्ने चलन अझै पनि छ, नुन मा २र४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केही दिनमै दाँतको पहेँलोपना हटेर जान्छ ।

२. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् यसको पेष्टले दाँतलाई दिनहुँ एक मिनेट मसाज गर्नुहोस्, मसाज पछि दाँत ब्रस गर्नुहोस् र यो उपाय दिनहुँ गर्नाले दाँतको पहेँलोपन हटेर जान्छ चुरोटको सेवन गर्ने गर्नाले पनि दाँत पहेँलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरूको पनि दाँत पहेँलो हुन्छ ।

३. तुलसीमा दाँतको पहेँलोपना हटाउने एक अद्भूत शक्ति रहेको छ यसले दाँतमा रहेको पहेंलोपन हटाउने मात्र होइन मुख र दाँत सम्बन्धी अन्य रोगबाट बचाउने काम पनि गर्दछ, तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्टसँग मिलाएर ब्रस गर्ने गर्दा दाँतको पहेँलोपना हटेर केही दिनमै चमक आउन थाल्छ ।

४. कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानी मिसाउनु होस् र खाना खाईसकेपछि यही कागती पानीले दिनहुँ कुल्ला गर्ने गर्नुहोस् यसो गर्दा दाँतको पहेँलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि हटेर जान्छ अनि स्वास्थ्यलाई पनि निकै फाइदा जनक छ ।

५. सुन्तलाको बोक्रा र तुलसीको पातलाई घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् र दाँत ब्रस गरिसकेपछि उक्त पाउडरले दाँतमा हल्का मसाज गर्नुहोस् सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दाँत चम्किलो हुन्छ ।

६. खाना खाईसकेपछि दिनहुँ गाजर खाने गर्नाले पनि दाँतको पहेँलो पन हट्छ गाँजरमा रहेको रेसाहरुले दाँतलाई राम्रोसँग सफा गर्न मद्दत गर्दछ।

७. नीमको उपयोग धेरै पहिले देखी नै दाँतको सफाइ गर्न गरिदै आएको छ यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने शक्ति रहेको छ यो दिनहुँ नीमको काठ, निमको सानो हाँगाले दाँत सफा गर्ने गर्नाले दाँतमा कुनै किसिमको रोग लाग्दैन र पहेँलो भएको भए पनि हट्छ।

८. स्ट्रबेरी दाँत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाय हो र यसमा पाइने मालिक एसिड ले दाँतलाई सेतो र चम्किलो बनाउँछ।

२०७६ असोज ७ गते १:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर