कमला नहर भत्किँदा १८ करोड क्षति

आजको खबर   |    प्रकाशित : २०७६ असोज ८ गते ०:४७

धनुषा । कमला नदी नियन्त्रण आयोजना धनुषाद्वारा कमला नदी नियन्त्रण व्यवस्थित गर्न निर्माण गरिएको तटबन्ध भत्किँदा त्यहाँ करीब रु १८ करोड बराबरको क्षति भएको छ।

कमला नदीको दुवैतर्फ नदी नियन्त्रण गर्न भारतीय अनुदानमा निर्माण गरिएको तटबन्ध असारको तेस्रो हप्तामा भत्किएर क्षति भएको हो।

आयोजनाका प्रमुख मनोहर साहका अनुसार कमला नदीको पोर्ताहादेखि भारतीय सीमा तथा सिराहाको बन्दीपुरदेखि भारतीय सीमासम्मको ७५० मिटर तटबन्ध भत्किएको छ । प्राप्त विवरणअनुसार नदीको दुवैतर्फ ६८-२५ किलोमिटर तटबन्ध रहेको छ।

धनुषातर्फ ३३।६ किलोमिटर र सिराहातर्फ ३४-६५ किलोमिटर तटबन्ध रहेको बताइएको छ। सिराहातर्फ ४०० मिटर र धनुषातर्फको ३५० मिटर तटबन्ध बाढीले भत्काएको र उक्त क्षतिग्रस्त बाँधको निर्माण गर्न पटक–पटक माग भए पनि बजेट नआएको प्रमुख साहको भनाइ छ।

बाँध निर्माण नहुँदा जीउधन र बालीनालीको व्यापक क्षति हुने गरेको उनले बताए । उक्त भत्किएको तटबन्ध समयमा नबनेमा त्यहाँ सिँचाइमा अभाव बढ्नाका साथै ग्रामीण क्षेत्रमा नोक्सानी हुने धनुषा इनरवाका बासिन्दाको गुनासो पाइएको छ। सो आयोजनाबाट भएको क्षतिको सम्बन्धमा क्षति कम गर्न सुझावसमेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सिँचाइ विभागमा पठाइएको छ ।

सुझावपत्रमा कमला नदीको उद्गमदेखि भारतीय सीमासम्म विभिन्न स्थानमा नदीमा निर्माण गरिएका पुलहरू पूर्व–पश्चिम राजमार्ग ६४० मिटर, हुलाकी सडक ४५० मिटर र विहारको जयनगरमा निर्माण भएको ३०० मिटर ब्यारेज प्राविधिक रूपले निर्माण नभएकाले नदीको बहावमा अवरोध भई तटबन्ध भत्किएको र आसपासका ग्रामीण क्षेत्रमा क्षति भएको बताइएको छ।

हाल सो आयोजनाद्वारा नदीमा पुल लगायतका संरचना निर्माण भइरहेको छ । आव २०६५/६५ मा भारतीय अनुदान तथा नेपाल सरकारको सहयोगमा कमला नदी नियन्त्रणका लागि उक्त तटबन्धका साथै पूर्वाधारको निर्माण भएको हो।

कमला नदीको दुवैतिर धनुषा र सिराहा जिल्लामा २५ हजार बिगाहा जमीनमा सो नदीबाट सिँचाइ हुँदै आएको छ। धनुषामा १२ हजार ५०० बिगाहा र सिराहामा १२ हजार ५०० बिगाहा जमिनमा सिँचाइ हुँदै आएको सो आयोजनाबाट थाहा भएको छ।रासस

२०७६ असोज ८ गते ०:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर