हेर्नुहोस् नरिवल खानुको अपत्यारिला फाइदा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज ८ गते १:३०

नरिवल धार्मिक र आर्थिक दृष्टिले अति महत्वपूर्ण मानिएको छ । नरिवलले मानिसलाई पौष्टीक आहार प्रदान गर्दछ । नरिवल धार्मिक पूजा, विवाह, व्रतबन्ध शुभकार्य, यज्ञ, शुभ साईत आदिमा आवश्यक मानिन्छ ।

यसलाई धार्मिक पूजामा पवित्र फलको रुपमा चढाइन्छ । शुभ–विवाहमा मांगलिक फलको रुपमा प्रयोग गरिन्छ । विभिन्न देवपूजामा फल चढाउने बाहेक व्रतबन्ध हुँदा जोगीको रुप लिएर भिक्षाटन गर्दा नरिवल दिने चलन पनि छ । स्वास्थ्यका दृष्टीले पनि यसका विभिन्न फाइदाहरु छन्। आज हामी तपाईलाई ती फाइदाका बारेमा जानकारी दिदै छौँ :

गर्मी गडेकोमा :
नरिवलको जल नियमित केही दिन १\१ ग्लास खानाले गर्मी गडेको रोग निको हुन्छ।

पिसाब खुलाउने :
गर्मीले गर्दा अलि–अलि पिसाब हुने, राम्ररी खुलस्त भएर नआउने रोगमा बिहान\बेलुका नरिवलको पानी खाने गरे पिसाब खुलेर आउनेछ ।

रगत सफा गर्ने :
ताजा नरिवल पानी सेवन गर्ने गरेमा रगत बढाउँछ र स्वच्छ हुन्छ पार्दछ ।

घाउ खटिरामा :
घोच्ने, पोल्ने घाउमा नरिवलको तेल र बेसार फिटेर लगाए ठीक हुन्छ ।

गर्मीले टाउको दुखेमा :
नरिवलको तेलले टाउकोमा मालिस गर्ने गरेमा गर्मीले दुख्ने टाउको ठीक हुन्छ ।

अल्काईको रोगमा :
नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १\१ ग्लास दहीमा फिटेर बिहान/बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ अथवा तुलसीको पात १०/१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।

कपाल राम्रो पार्न :
नरिवलको तेल टाउकोमा हाल्ने गरेमा कपाल कालो, लामो, बलियो, बाक्लो हुनलाई पूर्ण मद्दत गर्दछ ।

जुका परेमा :
नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १\१ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ।

कलेजोको रोगमा :
नरिवलको जराको पानी १\१ चम्चा खाने गरेमा १\२ हप्तामै कलेजो सम्बन्धी रोगमा फाइदा हुन्छ।

श्वासनलीको रोगमा :
नरिवलको जराको पानी १\१ चम्चा खाने गरेमा दम खोकी सम्बन्धी रोेग ठीक हुन्छ तथा श्वासनली आदि बलियो बनाई रोग निको पार्छ।

शीतपित्त भएमा :
नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ अथवा नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ।

कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ।

दाद भएमा :
सेतो करवीरको जरा २ चम्चा लेदोमा २ डाडु नरिवलको तेलमा डढाएर झिक्नुहोस् र कपडाले छानेर दादहरुमा लगाउनुहोस् बिस्तारै ठीक हुँदै जान्छ ।

२०७६ असोज ८ गते १:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर