दर्जनौँ स्वास्थ्य समस्याबाट बच्न खानुहोस् ‘फर्सीको मुन्टा’ (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७६ असोज १० गते २:४३

एजेन्सी । हरीया सागसब्जी स्वास्थ्यका लागि निकै लाभदायिक हुन्छ । अहिले बजार तथा घरको बारीमा फर्सीको साग (फर्सीको मुन्टा) छ्याप छ्याप्ती पाईन्छ । फर्सीको मुन्टा पकाउननि सजिलो खादा नि मिठो भएको कारणले यसलाई धेरैले रुचाउने पनि गर्छन् ।

फर्सीको सागमा भिटामिन सी,ए,बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थहरु प्रसस्त मात्रामा पाइन्छ ।

– फर्सीको मुन्टा नियमित सेवन गरेमा उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट लड्न सक्ने क्षमता प्रदान गर्नुका साथै निको समेत पार्न सक्छ ।

– फर्सीको पातमा पाइने फाइबर र पोटासियमले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राखेर कब्जियत, अपच, ग्यास्ट्रिक जस्ता अनेकौ पेट सम्बन्धि रोगहरु लग्नबाट बचाउन मद्दत गर्छ ।

– फर्सीको सागले कोलेस्ट्रोलको समस्याबाट राहत दिलाउछ ।

– फर्सीको पातको सागले हाम्रो शरीरमा भएको ग्लुकोजको मात्रालाई कम गर्छ ।

– यसमा पाइने फाइबरले खराब कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै उक्त रक्त चाप, मदुमेह, तथा मुटु सम्बन्धि रोगलाई टाढा राख्ने गर्छ ।

– फर्सीको सागमा पर्याप्त मात्रामा भिटामीन ‘सी’ पाइने भएको हुनाले यो हाम्रो छालाको लागि निकै फाइदाजनक हुन्छ ।

– यसमा भिटामिन ‘ए’ प्रसस्त मात्रामा पाइने भएकोले यो हाम्रो आँखाको लागि पनि राम्रो हुन्छ । फर्सीको साग खानाले आँखाको रोशनी बढाउनका साथै आँखाको समस्यामा मद्दत गर्छ ।

– फर्सीको पातको सागको नियमित प्रयोग गरेमा यसले हाम्रो प्रजनन क्षमतामा वृद्धि गराउने गर्छ ।

– फर्सीको पातमा पाइने फाइबरका सहयोगले शरीरमा उत्पन्न भएको क्यान्सरको कोषीकाहरुलाई रोकेर क्यान्सरसंग लड्ने क्षमता राख्छ ।

२०७६ असोज १० गते २:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर