संविधान र सङ्घीयताको मर्मविपरीत कुनै काम गर्दैनौँः अध्यक्ष प्रचण्ड

आजको खबर   |    प्रकाशित : २०७६ असोज ११ गते ०:५९

चरिकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो सङ्घर्षबाट प्राप्त भएको संविधान र सङ्घीयताको भावना र मर्मविपरित कुनै काम नहुने बताएका छन्। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतमा नागरिकलाई घर आँगनमा सेवा दिन खोज्दा कतिपय नजिकैको कार्यालयहरु टाढा पुगेको भन्दै त्यसलाई व्यवस्थापन गरिने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष दाहालले आम नागरिकको चाहनाअनुसार सबै चिजको व्यवस्थापन गर्दै लैजाने बताए। पर्यटन दिवस २०७६ का अवसरमा दोलखाको पर्यटकीय नगरी जिरीमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले दोलखा र जिरीको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

जिरी विकासबाट टाढा रहन नसक्ने भन्दै उहाँले सगरमाथाको प्रवेशद्वारको रुपमा मानिने जिरीमा पहिले सञ्चालनमा रहेका विमानस्थल सञ्चालन गर्न आफूले पहल गर्ने बताए। दोलखाको जिरीमा सञ्चालनमा रहेको रेडियो जिरी तथा जिरी नगरपालिकाले जिरीमा आयोजना गरेको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड आज उनी यहाँ आएका हुन्।

दोलखाका जनप्रतिनिधि तथ सांसद पार्वत गुरुङले दोलखाको हरेक क्षेत्रहरु पर्यटकीय महत्व बोकेको र त्यसमा पनि जिरी विशेष रहेकाले सबैले मिलेर विकास गर्नुपर्ने बताए। जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले दोलखालाई अर्गानिक जिरी बनाउने गरी कार्यक्रम अगाडि बढाएको जानकारी गराए।

दोलखाको जिरीलाई प्लास्टीक मुक्त नगर बनाउने अभियानअनुसार अध्यक्ष प्रचण्डलाई स्थानीय उत्पादन नेपाली कागजको झोलामा राखेर प्रदान गरिएको थियो। दोलाखामा अध्यक्ष प्रचण्डले तेन्जिङ नोर्गे शेर्पा र एडमन हिलारीको शालिक आनावरण गरे। जिरी नगरपालिकाको नव निर्मित भवन उद्घाटन गरेका अध्यक्ष प्रचण्ड जिरी एफएमको दोस्रो वार्षिक साधारणसभा कार्यक्रममा सहभागी भएका थिए।

२०७६ असोज ११ गते ०:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर