के हो सेतो दुबी? सेतोदुबि आउदा ध्यान दिनुपर्ने कुराहरु (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज १२ गते २:२७

सेतो दुबी छालामा देखापर्ने समस्या मध्ये शरीरलाई सबैभन्दा बढी कुरुप बनाउने समस्या हो । यो दुध जस्तै सेतो हुने भएकाले सेतो दुबी भनिएको हो । सेतो दुबी किन आउँछ, यसबाट मुक्ति पाउन के गर्ने ? भन्ने बिसयमा सम्पुर्ण जानकारी पाउन तलको जानकारी पढौँ :

सेतो दुबी देखिने कारण
चिकित्सा क्षेत्र सम्पूर्ण रुपले यहि कारणले नै सेतो दुबी देखा पर्छ भन्नेमा स्पष्ट छैन् । तर, विविध कारणले छालामा रंग उत्पादन गर्ने कोष मेलानोसाइट नष्ट हुँदा सेतो दुबी देखापर्छ । त्यस्तै मानसिक तनाव, कामको बोझ आदि कारणले पनि हुनसक्छ । तर यो नगन्य मात्रमा हुन्छ । सेतो दुबी बारे भ्रम : सेतो दुबी हुनेहरुलाई धेरै नै मानसिक तनाव हुने गरेको पाइन्छ । समाजमा सेतो दुबीलाई कुष्टरोगको संज्ञा दिने पनि गरिन्छ ।

यो रोग सर्छ त्यसैले सेतो दुबी भएकाहरुलाई छुनु हुँदैन, सँगै बस्नु हुँदैन, उनीहरुले प्रयोग गरेको सामान प्रयोग गर्नु हुदैन भन्ने नकारात्मक सोचाई विद्यमान छ । यही कारणले सेतो दुबी हुनेहरुलाई हेयका दृष्टिले हेर्ने गरिन्छ । सेतो दुबी कुनै डर लाग्दो रोग हैन । यो सर्ने रोग पनि होइन । यसमा कुनै पनि किटाणु हुदैन । सेतो दुबी प्रायजसो घाम पर्ने छालामा देखिन्छ । ओठ, मुख, हात, खुट्टा आदि छालामा मूख्यतः तीन प्रकार सेतो दुबी देखिन्छ

१. गोलो थोप्ला : यो गाला, नाक, कान, हात, पेट र गोडामा देखिन्छ ।
२. शरीरको एकापट्टीको भागमा मात्र आउने स् यो कसैको हातको एक भाग वा अंगमा मात्र आउँछ ।
३. शरीरको पुरै भागमा देखिनेः यो शरीरको पुरै भागमा देखापर्छ । यो औषधि गर्दा निको हुन गाह्रो हुन्छ । एकै चोटी देखिने भएकोले यसको लक्षण भनेकै दुबी नै हो । यो सबै उमेर समुहमा देखा पर्छ । जन्मजात हुन पनि सक्छ । तर ८, १० वर्षका बच्चाहरुमा यो हुने सम्भावना बढी हुन्छ । यो बंशाणुगत गुणको कारणले पनि हुन्छ । बुवाआमा मात्र नभएर टाढाटाढाका नातेदारहरुबाट पनि सर्न सक्छ ।

सेतो दुबी आएकाहरुले ध्यान दिनु पर्ने कुरा
सम्भव भएसम्म प्लास्टिकजन्य सामाग्रीको प्रयोग नगर्ने । केमिकलजन्य सामग्रीको प्रयोग नगर्ने । यसको उपचार हुन्छ । तर लामो समय पनि लाग्न सक्छ । यस्तो समस्या देखिने बित्तिकै चिकित्सकको सल्लाह बमोजिम उपचार गरियो भने छोटो समयमै निको हुन पनि सक्छ ।

२०७६ असोज १२ गते २:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर