के तपाइलाई थाहा छ ? यस्ता खानाले तपाइको स्मरणशक्तिमा वृद्धि पुर्याउछ

आजको खबर   |    प्रकाशित : २०७६ असोज १३ गते १:३२

मानव समुहको सबैभन्द महत्वपुर्ण अगं भनेको प्राणी मध्धेमा मानवलाई मात्र दिएको मस्तिष्क नै हो । मानिसले जे पनि कार्य विवेका लगाएर गर्नुपर्ने हुन्छ । जसको लागी मस्तिष्क सधैभरी खाली र सफा हुनुपर्छ ।

अझ मस्तिष्कलाई स्वस्थ र मजबुत बनाउनका लागि स्वास्थवर्धक भोजन जरुरी हुन्छ । मुटु, मांसपेशी र फोक्सोलाई जस्तै मस्तिष्कलाई पनि पोषक तत्व चाहिन्छ। नियमित रुपमा यी भोजन गरेमा तपाईको मस्तिष्क मजबुत र स्मरण शक्ति बढ्नेछ। मस्तिष्कलाई सफा बनाएर सधै यसको अधिकतम् उपयोग गर्न का लागी यस्ता खाद्यान्नमा जोढ दिनुहोस् …

बदामः
हरेकले सँधै एक मुठ्ठी बदाम तथा काजु खानु उपयुक्त मानिन्छ। जसमा भिटामिन ई पाइन्छ, जो स्नायु प्रणालीलाई थप सक्षम बनाउँछ।

ब्रो काउलीः
मस्तिष्कको तन्तुहरुलाई सक्रिय बनाउनका लागि ब्रो काउली एकदमै फाइदाजनक हुन्छ। यसमा कोलीन भरपुर मात्रामा पाइन्छ, जसले मस्तिष्कमा नयाँ कोष सेल्स बनाउँछ।

अण्डाः
हामी सबैलाई थाहा छ, अण्डा सेवन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ तर यो मस्तिष्कको लागि पनि फाइदाजनक हुन्छ। अण्डामा कोलीन हुने भएकाले छोटो समयको लागि स्मरण शक्तिलाई बढाउने काम गर्दछ।

माछाः
मस्तिष्कको विकासको लागि माछा सेवन गर्नु महत्वपूर्ण मानिन्छ। माछाको बोसोबाट ओमेगा २ पाउन सकिन्छ जसले मस्तिष्क विकासका लागि ठूलो भूमिका निर्वाह गर्दछ।

२०७६ असोज १३ गते १:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर