सांसदको तलबभन्दा भत्ता धेरै, वर्षमा तलब र भत्तामा मात्रै झन्डै ७० करोड खर्च

आजको खबर   |    प्रकाशित : २०७६ असोज १३ गते २:३९

काठमाडौँ । संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ ।

संसद् सचिवालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भत्ताका विभिन्न शीर्षकमा सांसदहरूको खातामा ३५ करोड ४६ लाख १७ हजार ८ सय २३ रुपैयाँ पुगेको छ, जुन सांसदले एक वर्षमा पाएको तलबभन्दा धेरै हो। यो हिसाबअनुसार औसतमा एकजना सांसदले एक आर्थिक वर्षमा ११ लाख ५८ हजार ८ सय ८१ रुपैयाँ भत्ता बुझ्छन्।

जबकि उनीहरूको वर्षदिनको औसत तलबका लागि ११ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । यो हिसाबले सांसदले एक महिनामै औसत ९६ हजार ५ सय ७३ रुपैयाँ भत्ता बुझ्छन् । सांसदले सबैभन्दा धेरै रकम घर भाडाका लागि बुझेको तथ्यांकमा छ ।

एक वर्षको घर भाडाका लागि मात्रै १९ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ भने विविध खर्च शीर्षकमा ३ करोड रुपैयाँ उपलब्ध गराइएको जानकारी सचिवालय स्रोतले दिएको छ तर त्यो विविध खर्चअन्तर्गत कस्ता कस्ता खर्च पर्छन् भनेर सचिवालयले खुलाएको छैन ।

संघीय संसद्का ३ सय ३१ सांसदमध्ये मन्त्रिपरिषद्का २५ सदस्यबाहेक अरू ३ सय ६ जनाले संसद् सचिवालयबाट तलब र भत्ता बुझ्छन् ।

कान्तिपुर दैनिकबाट

२०७६ असोज १३ गते २:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर