चलचित्र ‘च च हुई’ आइटम गीतमा आर्यन र एलिशाको ग्लामर अवतार (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असोज १३ गते ८:००

नेपाली चलचित्र ‘च च हुई’ को दोस्रो गीत भर्खरै मात्र सार्वजनिक गरिएको छ । सार्वजनिक पहिलो गीत ‘सिल्की सिल्की’को सफलतापछी दोस्रो गीत ‘जवानी’ सार्वजनिक गरिएको हो ।

‘जवानी’ बोलको गीत एक आइटम नम्बर रहेको छ । सार्वजनिक यस आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मा फिर्चड गरिएका छन् । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको यस गीतलाई आकर्षक देखाउन निर्माण पक्षले केहि सम्झौता गरेको छैन ।

गीतमा आर्यन र एलिशाको ग्लामर अवतारलाइ समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् ।

लुटको उध्रेको चोली र जात्राको नोट नोट जस्ता गीत तयार पारेर चर्चामा आएका रोशनले यस गीत गाएका हुन् भने उनलाई गायनमा सुमन गुरुङले साथ दिएका छन् ।

आउँदो मङ्सिर ६ गते प्रदर्शन हुने यो चलचित्रमा निर्देशन र सम्पादन साम्तेनको रहेको छ भने आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ ।

यो चलचित्र रोमान्टिक कमेडी जनरमा तयार भएको निर्देशक सामतेनले बताए । यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यो प्रोजेक्टबाट निर्माणमा आउँदैछन् ।

भिडियो :

२०७६ असोज १३ गते ८:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर