‘शोले’ फिल्मका ‘कालिया’ अर्थात अभिनेता विजु खोटेको निधन

आजको खबर   |    प्रकाशित : २०७६ असोज १३ गते ८:१०

मुम्बइ। बलिउडको चर्चित फिल्म शोलेमा ‘कालिया’को भूमिका गरेर चर्चित भएका अभिनेता विजु खोटेको निधन भएको छ । खोटेको आज ७८ वर्षको उमेरमा निधन भएको आज तकले लेखेको छ ।

विजु खोटे लामो समयदेखि बिरामी थिए । आज बिहान उनले मुम्बइस्थित आफ्नो घरमा अन्तिम सास लिए । विजु खोटेको निधनको खबरले बलिउडमा शोकको अवस्था छ ।

उनले आफ्नो जीवनमा धेरै फिल्ममा धेरै भूमिका गरे तर उनले ब्लकबस्टर फिल्म शोलेमा गरेको कालियाको भूमिकाले फ्यानहरुमा यति गहिरो छाप छोडेको थियो कि आज पनि उनलाई यही भूमिकाका कारण भिनिन्छ । जिु १९६४ देखि फिल्मी क्षेत्रमा लागेका थिए ।

२०७६ असोज १३ गते ८:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर