ग्यास्टिक समस्याको समाधान चाहानहुन्छ ? किशमिश को सेवन गुर्नहोस्

आजको खबर   |    प्रकाशित : २०७६ असोज १४ गते ०:११

किशमिश सुकाएर प्रयोग गर्ने गरिन्छ । किशमिश हामी बिहे, पार्टी आदि जस्तो कार्यक्रमहरुमा विभिन्न परिकारको खानेकुरा बनाउने क्रममा बडी मात्रामा प्रयोग गर्ने गर्छौं । यसले खानामा बेग्लै मिठास ल्याउने काम गर्छ । यसको स्वाद गुलियो हुने गर्दछ । यसले हाम्रो स्वास्थ्यलाई फाइदा पुर्याउँछ भन्ने कुरा कमै मानिसलाई थाहा हुने गर्छ । यो हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसको सेवनले हामिलाई धेरै नै फाइदा हुन्छ ।

किशमिशले हाम्रो स्वास्थ्यलाई पुर्याउने विभिन्न फाइदाहरु यस प्रकार छन् :

१)ग्यास्ट्रिकको कमि : किशमिशमा म्याग्नेसियम तथा पोटासियम प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा एसिडको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ र एसिडिटी सम्बन्धी समस्याबाट टाढा राख्छ ।

२) आँखा तेजिलो : किशमिशमा एन्टीअक्सिडेन्ट, भिटामिन ए, बिटाक्यारोटिनाइड पाइन्छ । जसले आँखा तेजिलो बनाउन मद्दत गर्छ ।

३) हड्डी बलियो : किशमिशमा बोरोन नामक माइक्रो न्यूट्रिएंट्स नामक तत्व हुन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ ।

४) रगतको कमि हुदैन : किशमिशमा प्रसस्त मात्रामा आइरन पाइने गर्छ । यसले गर्दा हाम्रो शरीरमा रगतको कमि हुदैन । हाम्रो शरीरमा आइरनको मात्रा कमि भएन भने हामीलाई एनेमिया जस्तो रिग लाग्दैन ।

५) तौल बढाउन मद्धत : किशमिशमा ग्लुकोजको मात्रा बडी हुन्छ । यसले गर्दा हरेक दिन किशमिश खानाले हाम्रो शरीरको तौल बढ्ने गर्छ ।

६) मुटु स्वास्थ्य : किशमिशमा पाईने फाइबरले हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न मद्धत गर्छ । यसले गर्दा हाम्रो मुटु सधैं स्वास्थ्य रहने गर्छ ।

७) स्वास्थ्य मुख : यसमा हुने ओलीनोलिक एसिडले मुखमा हुने ब्याक्टेरियालाई नष्ट गर्छ । किशमिशको नियमित सेवन गर्नाले मुख स्वस्थ हुन्छ र मुख सम्बन्धी बिभिन्न समस्याहरु हट्छ ।

२०७६ असोज १४ गते ०:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर