आज बडा दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाईँदै

आजको खबर   |    प्रकाशित : २०७६ असोज १४ गते ३:११

काठमाडौं । आज बडा दशैँ अर्थात् नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाईँदै छ । आज देवी भगवतीको दर्शन र आराधना गर्न बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनको घुईँचो लागेको छ ।

देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । घटस्थापनाको दिन घट स्थापना गरी जमराराखेपछि नवदूर्गामा ९ दिनसम्म फरक फरक देवीको पूजा गर्ने परम्परा छ ।

जसअन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।

काठमाडौँका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गर्ने गरिन्छ।

काठमाडौँ बाहिर पोखराको बिन्ध्यवासिनी मन्दिर, धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा मन्दिरमा भक्तालुहरूको घुईंचो लागेको छ।

२०७६ असोज १४ गते ३:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर