सभामुखबाट महराको राजीनामासँगै नयाँ सभामुखको चर्चा

आजको खबर   |    प्रकाशित : २०७६ असोज १५ गते ८:२०

काठमाडौं। बलात्कारको आरोप लागेपछि कष्णबहादुर महराले सभामुखको पदबाट राजीनामा दिएपछि नयाँ सभामुखबारे चर्चा सुरु भएको छ।

सभामुख महराले मंगलबार पदबाट राजीनामा दिएका थिए। सभामुखको राजीनामासँगै नयाँ सभामुखको विषयमा चर्चा हुन थालेको छ। राज्यको पाँचौं बरियताक्रममा पर्ने सभामुखको जिम्मेवारी कसले पाउँछ भने चर्चा सुरु भएको छ। अहिले संसदमा नेकपाको झण्डै दुई तिहाइ बहुमत रहेको छ।

यस्तो अवस्थामा नेकपाबाटै सभामुख बन्ने कुरामा द्विविधा छैन। तर संविधानमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्था छ। अहिले उपसभामुख पनि नेकपाबाटै छन्।

यसअघि दुई दलबीच एकता नहुँदै तत्कालीन माओवादीलाई सभामुख र तत्कालीन एमालेलाई उपसभामुख दिएर सहमति गरिएको थियो। तर अहिले दुवै दलबीच एकता भइसकेको अवस्थामा सभामुख र उपसभामुख एकै पार्टीको बनाउन नेकपालाई समस्या छ। किनभने यो विषयलाई यस अघि नै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा उठाइसकेको छ।

नेकपाबाटै सभामुख बन्ने कुरामा द्विविधा छैन। तर संविधानमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्था छ। अहिले उपसभामुख पनि नेकपाबाटै छन्।

त्यो बेला सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थालाई ख्यालमा राखेर तत्कालीन एमाले र माओवादीले भागवण्डाका आधारमा सभामुख र उपसभामुख चयन गरेका थिए।

अहिले सभामुख महराले राजीनामा दिइसकेपछि नयाँ सभामुखमा फेरि सुवास नेम्वाङको चर्चा हुन थालेको छ। कानुनका विद्यार्थी र विगत लामो समयको अनुभव भएका नेताका रुपमा परिचित नेम्वाङलाई सभामुख बनाउन प्रधानमन्त्री ओलीसमेत सकारात्मक रहेका छन्। यस्तो अवस्थामा नेकपाले वर्तमान उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा गराउनु पर्नेछ।

अर्कोतर्फ वर्तमान उपसभामुख तुम्वाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने आवाज पनि नेकपाभित्र उठेको छ। फेरि पूर्व सहमति अनुसार सभामुखमा पूर्व माओवादीले दाबी गर्यो भने नेम्वाङ र तुम्बाहाम्फेको संभावना नहुन पनि सक्छ। तर पछिल्लो समय नेकपाभित्र प्रधानमन्त्री ओली बलियो भएको अवस्थामा ओलीले चाहेकै व्यक्ति सभामुख हुने देखिन्छ।

नेपालको संविधानको धारण ९१ ९२० मा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ।
यही व्यवस्थाका कारण वर्तमान उपसभामुखलाई राजीनामा गराएर सुवाष नेम्वाङलाई सभामुख बनाउने र अर्को सत्ता सहयात्री दल समाजवादी पार्टीलाई उपसभामुखको दिने गरी नेकपाभित्र छलफल चलेको स्रोतले जनाएको छ।

लामो अनुभव, कानुनको ज्ञान शिष्ट स्वभाव भएका नेम्वाङलाई नै सभामुख बनाउनु पर्ने भन्दै नेकपाभित्र लविङ सुरु भएको छ। नेम्वावङले विगतमा लगातार आठ वर्षसम्म सभामुख चलाइसकेका छन्।

२०७६ असोज १५ गते ८:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर