सिंगापुरमा रहेको नेपाली टोली आज ओमान जाने, यस्तो छ खेल तालिका

आजको खबर   |    प्रकाशित : २०७६ असोज १६ गते ३:४८

काठमाडौं । ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।

नेपाली टिम सिंगापुरबाटै अपरान्ह ओमान जाने भएका हुन् । नेपाली टिम सिंगापुरको समय अनुसार दिउँसो ३ः१० बजे ओमान प्रस्थान गर्ने छन् । नेपाली टिम सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेर ओमान जान लागेका हुन् ।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । सिरिज यहिँ असोज १८ देखि २३ सम्म हुनेछ ।

नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो ।

२०७६ असोज १६ गते ३:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर