सभामुखको गल्तीको सजाय उपसभामुखलाई !

आजको खबर   |    प्रकाशित : २०७६ असोज १६ गते ६:२४

काठमाडौं। गत आइतबारदेखि देशैभरी निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुराचारको अभियोग चर्चामा छ। आरोप लगाउने महिलाले पहिले आफूलाई जबरजस्ती करणी गरेको अभियोग लगाइन्।

पछि उनै महिलाले यू–टर्न लिँदै महराले केही नगरेको र उनी निर्दोष भएको बयान दिइन्। महिलाले अहिले महराको पक्षमा सामाजिक संजालमा खरो रुपमा वकालत पनि गरिरहेकी छिन्।

महिलाले बयान फेरे पनि महराले भने सोमबार नै आफू महिलाको कोठामा गएको स्वीकार गरिसकेका छन्। यद्यपि उनले यौन दुराचारको अभियोग भने अस्वीकार गरेका छन्।

पछिल्लो जानकारीअनुसार पहिले पीडित भनिएकी महिलाले प्रहरीमा गएर आफू ‘डिप्रेसन’को रोगी भएको र रोगका कारण यस्तो कुरा बोलेको भन्दै महरा निर्दोष रहेको र उनीमाथि कारवाही नगर्न निवेदन दिएको खबर छ।

नेकपाले वर्तमान उपसभामुख तुम्बाहाम्फेलाई सभामुखको उम्म्दवार बनाए भने उनले अहिले पाइरहेको उपसभामुखको पदबाट समेत राजीनामा दिनुपर्नेछ। अहिले नेकपाभित्र नयाँ सभामुखको खोजीसमेत भइरहेको छ। र, नयाँ खोजीमा तुम्बाहाम्फेको नाम नपरेको नेकपा नेताहरु बताउँछन्।

घटना अनुसन्धानको क्रममै रहे पनि महराले भने सभामुख पदबाट राजीनामा दिइसकेका छन्, संसद सचिवालयले उनले राजीनामा दिएको जानकारीसहित सूचना निकालिसकेको छ। अर्थात, महरा अब सभामुख रहेनन्, सभामुख पद रिक्त छ।

यो प्रतिनिधिसभाको कार्यकाल अझै झण्डै साढे ३ वर्ष बाँकी छ। अब मंसिरमा संसदको हिउँदे अधिवेशन सुरु हुन्छ र त्यो बैठकको अध्यक्षता गर्नको लागि सभामुख चाहिन्छ।

यसका लागि संसद सचिवालयले नयाँ सभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ। नयाँ सभामुख को बन्छन् भन्ने विषय अहिले नै भन्न सकिँदैन।

तर, अहिले प्रस्ट देखिएको कुरा हो – महराका कारण अहिलेकी सभामुख शिवमाया तुम्बाहाम्फेले समस्या भोग्नुपर्ने भएको छ।
संसदमा नेकपाको बहुमत छ। अब सभामुखका जो उम्मेदवार भए पनि नेकपाका उम्मेदवारले जित्ने निश्चित छ। तर, अहिलेकै परिस्थितिमा नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै दलको हुन पाइँदैन।

अहिलेकी उपसभामुख तुम्बाहाम्फे नेकपाकी हुन् त्यसैले अब सभामुख पनि नेकपाको हुन संविधानले रोक्छ। हुन त महरा पनि नेकपाकै हुन् तर निर्वाचित हुने बेला महरा तत्कालीन माओवादी र तुम्बाहाम्फे तत्कालीन एमालेबाट निर्वाचित सांसद भएकोले संवैधानिक प्रत्रिया पूरा भएको थियो। अब त्यो परिस्थिति छैन।

संसदमा कहिलेकाहीँ कुनै विधेयकहरु रुलिङ गरेरै पास गराउनुपर्ने हुन्छ। यसका लागि नेकपाले सभामुख पद आफैंसँग राख्न चाहन्छ। तर, संवैधानिक व्यवस्थाअनुसार अहिलेको परिस्थितिमा त्यो सम्भव छैन।

यस्तो स्थितिमा सभामुख पद आफैंसँग राख्न नेकपाले उपसभामुख पद अर्को सत्ता साझेदार दललाई दिएर संवैधानिक प्रक्रिया पूरा गरी सभामुख आफैसंँग राख्ने बाटो रोज्नेछ। यस्तो परिस्थितिमा सम्भवतः नेकपाले उपसभामुख पद सत्ता साझेदार समाजवादी पार्टीलाई दिन सक्छ।

नेकपाले उपसभामुख पद समाजवादीलाई वा अरु कसैलाई दिने परिस्थितिमा उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन भनिनेछ। अन्ततः महराको गल्तीमो सजाय उपसभामुखले खाइपाइ आएको पद त्यागेर चुकाउनुपर्ने परिस्थिति बन्नेछ।

यदि नेकपाले वर्तमान उपसभामुख तुम्बाहाम्फेलाई सभामुखको उम्म्दवार बनाए भने उनले अहिले पाइरहेको उपसभामुखको पदबाट समेत राजीनामा दिनुपर्नेछ। अहिले नेकपाभित्र नयाँ सभामुखको खोजीसमेत भइरहेको छ। र, नयाँ खोजीमा तुम्बाहाम्फेको नाम नपरेको नेकपा नेताहरु बताउँछन्।

२०७६ असोज १६ गते ६:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर