प्रताप दासको बडा दसैँको उपहार स्वरुप ‘झ्याम झ्याम’ (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७६ असोज १७ गते ७:३४

काठमाडौँ । नृपाल आइडल पहिलो सिजनका सेकेण्ड रनरअप तथा चर्चित गायक प्रताप दासको नयाँ डान्सिङ गीत झ्याम झ्याम हिजो बिहिबार सार्वजनिक भएको छ ।

प्रतापको आफ्नै अफिसियल युट्युब चयानल मार्फत गीतलाई बडा दसैँकोे उपहार स्परुप दर्शकसामु बिहिबार गीत रिलिज गरिएको हो ।आशिष अविरलको संगीत र एकनारायण भण्डारीको शब्द रहेको गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

गीतको म्युजिक भिडियोमा वुगी उगी विजेता कविता नेपाली र मोडल भिजु बज्रले मोडलिङ गरेका छन् । यस गीतमा बिहेपछि हुने एकसाइटमेन्ट, रमाइलो पल साथै आकर्षणको बारेमा बताइएको छ ।

यस गीतको भिडियोलाई नेपालका चचिृत डानस क्रु वाइल्ड रिपर्जका प्रविन सिंहले निर्देशन तथा कोरियोग्राफ गरेका हुन् भने उनलाई कोरियोग्राफीमा एसिस्ट गरेका छन् सन्जय लामा र अभिनाश हिमाल ठकुरील ।

हेर्नुहोस् भिडियो :

२०७६ असोज १७ गते ७:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर