प्रदीपको फिल्म ‘प्रेम गीत ३’को लागि यसरी बन्दैछ ५० लाखको भव्य सेट

आजको खबर   |    प्रकाशित : २०७६ असोज १७ गते ८:२०

काठमाडौं। निर्माण घोषणादेखि नै चर्चामा रहेको चलचित्र हो, –‘प्रेम गीत ३’।

सुपरहिट चलचित्रको सिक्वेल, ब्राण्ड ब्यानर, चलेका कलाकार लगायतका कारण चलचित्र चर्चामा छ। आशुसेन फिल्मस्को व्यानरमा निर्माण हुने यस चलचित्रमा सन्तोष सेनको लगानी रहने छ। चलचित्रलाई निर्माता सेन र लेखक छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन् ।

चलचित्रमा मुख्य नायकमा ‘प्रेम गीत’कै नायक प्रदीप खड्का रहनेछन्। उनी चलचित्रमा ‘प्रेम’को भूमिकामा देखिनेछन्। यस्तै ‘गीत’ पात्रको भूमिकामा क्रिस्टिना गुरुङले काम गर्दैछिन्। उनी निर्माण युनिटले आव्हान गरेको अडिसनमा २ हजार ७ सय १४ प्रतिष्पर्धीबाट छानिएकी हुन्।

अहिले चलचित्रको इनडोर सुटिङ सेट काठमाडौंमा धमाधम निर्माण भैरहेको छ। जसको अहिलेसम्म १५ प्रतिशत काम भएको निर्माता सन्तोष सेन बताउँछन्। सेट निर्माणका लागी आसुसेन फिल्म्सले ५० लाख खर्चिने उनले बताए।

निर्माता सेन ‘प्रेम गीत ३’ चलचित्र इतिहासले गर्व गर्न लायक चलचित्र बनाउने बताउँछन्। उनी भन्छन् –‘‘प्रेम गीत ३’ अहिलेसम्मका ’प्रेम गीत’भन्दा धेरै माथी त हुने नै छ । समग्र नेपाली चलचित्र इतिहासले गर्व गर्न लायक चलचित्र पनि बन्नेछ, जुन हाम्रो प्रतिवद्धता हो।’

तिहारको केही दिनपछि सुटिङ हुने चलचित्रको पहिलो दृश्यनै यही सेटमा खिचिनेछ। भने त्यसपछि मात्रै निर्माण युनिट हिमाली भेग लाग्नेछ। ३ करोड ५० लाखको हाराहारीको लगानीमा निर्माण हुने भनिएको चलचित्रको डिजिटल राइट्स झण्डैं १ करोडमा बिक्रि भैसकेको छ ।

आगामी चैत २८ गते प्रदर्शन मिति तोकिएको चलचित्रमा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनील थापा, क्रिस्टिना गुरुङ, मनिष राउत, पुष्कर कार्की, सन्तोष सेन, प्रेम पुरी, लक्ष्मी वर्देवा, माओत्से गुरुङ, जिवन वराल, अनुभव रेग्मी, समृद्धी शाही, शिशिर राणा, जिवन भट्टराई, क्रिजन गौतम, योगीता खत्री लगायतका कलाकारको अभिनय रहनेछ।

हाल कलाकारहरु वर्कशपमा ब्यस्त छन्। पूर्ण प्रेमकथामा निर्माण हुने ‘प्रेम गीत ३’लाई वर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ।

२०७६ असोज १७ गते ८:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर