धर्म संस्कृतिप्रति सरकार उदासिन हुँदा बिकृति बढ्यो : कमल थापा

आजको खबर   |    प्रकाशित : २०७६ असोज १८ गते ०:३४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतिप्रति उदासिन हुँदा बिकृति बढेको बताएका छन्।

उनले भने, ‘समाजमा भगवानको अस्तित्व स्विकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुँदै गएका कारण व्यभिचार, बलात्कार, भ्रष्टाचार र अत्याचार बढदै गएको हो।

त्यसर्थ, ‘सनातन धर्म र संस्कृतिको रक्षा गरौं’ भन्ने मुल नाराका साथ काठमाडौं जिल्ला कमिटीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले धर्म संस्कृतिले मानिसलाई मर्यादा, आचारण, अनुशासन र जिम्मेवारीबोध गराउन ठूलो भूमिका खेल्ने विचार व्यक्त गरे।

भगवानसंग डर नहुदा अन्याय, अत्याचार र बढेको भन्दै थापाले चाडपर्वहरुलाई मितव्ययी ढंगले आपसी सद्भाव, प्रेम र आत्मियता अभिबृद्धी हुने गरि मनाउनु पर्नेमा जोड दिए।

धर्म, सस्कृति र पहिचान जोगाउन आवश्यक भएको कुरा जनतामा बुझाउने काममा दशै बिदालाई सदुपयोग गर्न समेत नेता कार्यकर्तालाई थापाले आग्रह गरे।

गत निर्वाचनमा पार्टीको पराजयलाई ‘इख’को रुपमा लियर काम गर्नुपर्नेमा जोड दिदै थापाले आफन्त, परिवारजन र जनतामा रहेको भ्रमहरु चिर्नेगरी मेहनत गर्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिए।

२०७६ असोज १८ गते ०:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर