दशैंमा सेतो टीका लगाउने सेलिब्रेटीहरु (भिडियो रिपोर्ट)

आजको खबर   |    प्रकाशित : २०७६ असोज १८ गते ३:०४

काठमाडौं । बडा दशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने दशैंमा हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनबाट नवमीसम्म शक्तिको आराधना गरी दशौं दिनमा आफूभन्दा ठुलाबडाको हातबाट रातो टीका र जमरा लगाउने गर्छन् ।

नेपालमा हिन्दू मात्र नभई बौद्ध, किरात, बोन धर्मावलम्बी तथा आदिवासी जनजातिहरूले समेत दशैं मनाउने गर्दछन् । यद्यपि दशैं मनाउने तौरतरिकामा भने केही फरक देख्न सकिन्छ ।

अन्य कुरामा जस्तै दशैंको प्रमुख पाटो टीका लगाउने कुरामा पनि भिन्नता पाइन्छ । यीमध्ये धेरैले रातो टीका नलगाई सेतो टीका लगाउने गर्छन् । जब कि धेरैले दशैंलाई धेरै दक्षिणा र आशिष बटुल्ने पर्वका रूपमा बुझ्छन् । दशैँसम्बन्धी बनिने गीतहरूले पनि रातो टीका र जमरालाई इंगित गरेकै हुन्छ । तर सेतो टीका पनि लगाएर दशैं मनाइन्छ ।

सेतो टीका लगाउनुका पछाडि आफ्नै तर्क पनि छ– सेतो रंग शान्तिको प्रतीक हो । रातोले काटमार एवं हिंसाको समेत अर्थ वहन गर्ने भएकाले स्वच्छता एवं शान्तिको प्रतीकस्वरूप सेतो टीका ग्रहण गर्ने परिपाटी चलिआएको देखिन्छ ।

नेपालका केही चर्चित सेलिब्रेटीहरूले पनि सेतो टीका लगाएर दशैं मनाउने गर्छन् । आजको हाम्रो रिपोर्ट पनि सेतो टीका लगाउने कलाकारहरूको विषयमा छ । हेर्नुहोस् सेतो टीका लगाउने सेलिब्रेटीहरूको भिडियो कथा केन्द्रबिन्दु न्युजले तयार पारेको यो भिडियो रिर्पोटमा …

२०७६ असोज १८ गते ३:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर