दशैँको अवसरमा युएईको अलऐनमा रक्तदान तथा सांस्कृतिक कार्यक्रम

आजको खबर   |    प्रकाशित : २०७६ असोज १८ गते ७:५१

अलऐन। युएईको अलऐनमा रहेका नेपालीहरूले रक्तदान तथा साँस्कृतिक कार्यक्रम गरी दशैँ मनाएका छन्। एनआरएनए अलऐन क्षेत्रीय समितिले दशैंको अवसरमा विविध सामाजिक र स्वास्थ्य चेतनामूलक कार्यक्रम गरी मनाएको हो।

नेपाली सांस्कृतिक चाडपर्वलाई समाजोपयोगी कामका साथमा मनाइएको एनआरएनए अलएनका अध्यक्ष उज्वल दाहालले बताएका छन्।

अल मेडियोर हस्पिटलको समन्वयमा युएईका अलऐनवासी नेपालीहरूबीच आत्मियता बढाउँदै, सुख, शान्ति तथा समृद्धिको कामना गर्दै आपसमा शुभकामना आदानप्रदान गरी यसपालिको दशैँ मनाउँदा रमाइलो अनुभुति भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले बताए।

कार्यक्रममा एनआरएनए उपाध्यक्ष निराजन सिलवाल र केन्द्रिय सदस्य राजन अधिकारीलगायत करिब २ सय जना नेपालीहरू सहभागी थिए।

उक्त कार्यक्रमको सफलताको लागि प्रवासी नेपाली मञ्च युएईका केन्द्रिय सदस्य तथा अलऐन इन्चार्ज लक्ष्मण अधिकारी, सचिव प्रेमराज सापकोटा, मितेरी समाज युएईका संरक्षक मोहन बुढाथोकी, वरिष्ठ उपाध्यक्ष दिव्या सुब्बा, इनासका केन्द्रीय सदस्य दुर्गा सुब्बा, अन्तर्राष्ट्रिय नेपाली समाज युएईका महासचिव विनोद श्रेष्ठ र सचिव अनुराग थपलिया साथै झापाली समाज युएई, अलऐन सचिव मानबहादुर बुढाथोकीलगायतले सहभागी भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरे भने ६८ जना द्वारा स्वास्थ्य लाभ लिएको एनआरएनए अलऐनका सहसचिव तथा कार्यक्रम उपसंयोजक दुर्गा अधिकारीले जानकारी दिए। सांस्कृतिक कार्यक्रममा कलाकार पुजा रेग्मी, मनमाया विश्वकर्मा र शान्तिमाया तामाङले परम्परागत नेपाली नृत्यका साथमा जुम्बा नृत्य प्रस्तुत गरेका एनआरएनए, अलऐनकी महिला विभाग प्रमुख सरस्वती बास्तोलाले बताइन्।

२०७६ असोज १८ गते ७:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर