दशैंमा उपहार दिएर ग्राहक लोभ्याउने होड, कुन कम्पनीको के ? (भिडियो रिपोर्टसहित)

आजको खबर   |    प्रकाशित : २०७६ असोज १८ गते ८:०२

काठमाडौं । दशैं लागिसकेको छ । यसको चरम उत्साह फूलपातीका दिन सुरु हुने भए पनि अहिले त्यसका लागि विभिन्न तयारी हुने गर्छ । यस क्रममा कसरी दशैं मनाउने भनेर योजना मात्र बनाइँदैन, घर सजाउने र विभिन्न नयाँ सामान जोर्ने काम पनि गरिन्छ । विशेष गरी घरायसी प्रयोजनका सामग्रीहरू किन्ने गरिन्छ । यसैलाई मध्यनजर गरेर विभिन्न होम एप्लाइन्सेज कम्पनीहरूले ग्राहक लोभ्याउन विविध योजनाहरू अघि सारेका छन् ।

सामसुङ्गः
संसारभरि लोकप्रिय सामसुङ्ग कम्पनीले चाडपर्वको समयलाई लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ । उक्त कम्पनीले ‘सामसुङ्ग आयो खुसी छायो’ अफर ल्याएको छ । यस अफरअन्तर्गत सामसुङ्गको टेलिभिजन, वासिङ्ग मेसिन र रेफ्रिजेरेटर खरिद गर्दा ग्राहकहरूले आकर्षक छुट पाउनेछन् ।

उचित मूल्य र छुटसँगै सामसुङ्गले आफ्नो टिभी खरिद गर्दा १ वर्षको फुल प्रोडक्ट वारेन्टी तथा प्यानलमा अतिरिक्त थप १ वर्षको वारेन्टीका साथमा डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी दिइरहेको छ । अश्विन एकदेखि सुरु भएको यस्तो अफर कार्तिक २९ सम्म लागू हुनेछ । उक्त अफरअनुसार टि.भी खरिद गर्दा २ हजार, रेफ्रिजेरेटरमा २० हजार र वासिङ्ग मेसिन खरिद गर्दा करिब २५ हजारसम्मको छुट पाउन सकिछ ।

एलजीः
लाइफ गुड अर्थात एलजीले पनि दशैंको समयलाई लक्षित गरेर आफ्नो नयाँ अफर ‘खुसीको डबल अपग्रेड’ सार्वजनिक गरेको छ । यस अफर मार्फत एलजीको होम एप्लाइन्सेस खरिद गर्दा ग्राहकले ठूलो छुट पाउन सक्छन् । अफर अनुसार एलजीको टिभीमा १ लाखभन्दा माथिको छुट, वासिङ्ग मेसिनमा १० वर्षको वारेन्टी, एसीमा ४ हजारसम्मको निःशुल्क इन्स्टलेसन, साइड बाइ साइड रेफ्रिजेरेटरमा माइक्रो ओभन सित्तैंमा पाइन्छ । विभिन्न खालको प्रोडक्टमा थरीथरीका उपहार दिने एलजीको दशैं अफर छ ।

डिस्टारः
हरेका साल विभिन्न अफर सार्वजानिक गर्ने डिस्टारले यसपालि ‘बडा अफर इन बडादशैं’ सार्वजानिक गरेको छ । डिस्टारको ४० इन्च र ५० इन्च एलइडी टिभीको खरिदमा र किमाटसुको कुनै पनि चेस्ट फ्रिजर र वासिङ्ग मेसिन खरिद गर्दा एक भाग्यशाली जोडीले माउन्टेन फ्लाइट जित्ने अवसर पाउने छन् । डिस्टारका उपहारहरू यतिमा मात्र सीमित छैनन् । यसले ग्राहकका लागि अन्य विभिन्न आकर्षक उपहारहरूको पनि व्यवस्था गरेको छ ।

बाल्ट्राः
बाल्ट्राले पनि दशैं विशेष अफर बजारमा ल्याएको छ । ‘बाल्ट्राले दशैं ल्यायो’ शीर्षकको अफरमा धेरै खालका योजना छन् । यस अफरअनुसार बाल्ट्राको साना तथा ठूला एप्लाइन्सेसको खरिदमा ५१ जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत आर्कषक उपहारहरू पाउनेछन् । ठूला एप्लाइन्सहरूमा स्योर शट उपहारहरूको व्यवस्था गराइएको छ, भन्नुको अर्थ ठूला एप्लाइन्स खरिद गर्ने ग्राहकको हातमा कुनै न कुनै उपहार पर्छ । बाल्ट्राको लक्की ड्रमा सहभागी हुनेलाई ५५ इन्च ४ के स्मार्ट टिभी, ४० इन्च स्मार्ट टि.भी २, ३२ इन्च स्मार्ट टिभी, साउन्ड बार, मिक्स्चर ग्रिन्डर, राइस कुकर र आइरनजस्ता उपहारहरू प्राप्त हुने सम्भावना रहनेछ ।

गोदरेजः
गोदरेज एप्लाइन्सले यसपालिको दशैंमा विदेश भ्रमण गर्ने जान पाउने अफर ल्याएको छ । गोदरेजले ‘फ्री कपल टुर टु बाली’ अफर सार्वजानिक गरेको छ । ग्राहकहरूले गोदरेजको उत्पादनहरूमा नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनसियाको बाली जाने अवसर पनि प्राप्त गर्नेछन् । बाल्ट्राको रेफ्रिजिरेटर, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभन खरिद गर्दा लक्की ड्र मार्फत बाली जाने अवसर प्राप्त गर्न सकिन्छ । एसीको खरिदमा ग्राहकले निःशुल्क जडानको सुविधा प्राप्त गर्नेछन् । भाद्र २० गतेदेखि अधिराज्यभर सञ्चालनमा आएको यो योजना सीमित अविधिका लागि लागू हुनेछ ।

२०७६ असोज १८ गते ८:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर