स्वास्थ्यमा समस्या आएपछि कृष्णबहादुर महरा अस्पताल भर्ना

आजको खबर   |    प्रकाशित : २०७६ असोज २४ गते ०:३७

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।

सोमबारदेखि हिरासतमा रहेका महरालाई नर्भिक अस्पतालमा भर्ना गरेको प्रहरी स्रोतले जनाएको छ।

हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको जनाएको छ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको हो।

२०७६ असोज २४ गते ०:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर