पद र अनुहार नहेरी अपराध अनुसन्धान गर्न प्रधानमन्त्रीको निर्देशन

आजको खबर   |    प्रकाशित : २०७६ असोज २४ गते १०:४९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निश्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

६४ औ प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि कसिमको दबाबमा नपरी निश्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत गराएका हुन्।

उनले अपराध अनुसन्धानको सवालमा प्रहरीले सरकारकम सहभागी सतापक्ष, राजनीतिक दल, ओहोदा, पद वा सम्पत्ति लगायतका विषयलाई हेर्न नहुने बताए।

उनले भने, ‘सरकारको तर्फबाट भन्न चाहन्छु, कुन पार्टी सरकारमा छ। यो प्रहरीले वास्ता गर्नुपर्ने विषय होइन। कसले अपराध गर्यो त्यो अनुहार हेर्नुपर्ने पनि विषय होइन। को पक्षमा छ, को विपक्षमा छ? त्यो प्रहरीले मतलब राख्नु हुदैन। को कुन पदमा छ, कुन ओहोदामा छ, के हैसियतको मान्छे हो? कति सम्पत्तिवान मान्छे हो। यस्ता कुराहरुके प्रहरीलाई मतलब हुनुहुदैन। कानुनको पालना, काार्यन्वय र अनुहार नहेरीकन निश्पक्ष छानविन गर्नुपर्छ। कसैको दबाब मान्न हुँदैन।’

प्रधानमन्त्री ओलीले राजनीतिक दबाबको वास्ता नगरेपछि दबाब दिनेले पनि दबाब दिन छाड्ने र निश्पक्ष न्याय निरुपणबाट समाजमा सत्य स्थापित हुने बताए। अपराधको राजनीतिकरण गर्ने अनि राजनीतिलाई अपराधिकरण गरी निश्पक्ष अनुसन्धान गर्न व्यवधान श्रृजना गरि प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति समाजमा देखिने गरेको उल्लेख गर्दै उनले त्यस्ता गतिविधिबाट प्रहरी सधै सजग हुनुपर्नेमा जोड दिए।

उनले प्रहरी दिवस भव्य र उल्लासपूर्ण रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवश छिुट्टा छुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गरे। उनले दुवै दिवस एकै दिन मनाउदा ‘बधाई दिने कि समवेदना’ दिने भन्ने अप्ठ्यारो स्थिति श्रृजना भएको उल्लेख गरे।

यौन दुव्र्यवहारको आरोपका पक्राउ परेका सभामुख महराकोका विषयमा प्रधानमन्त्रीले औपचारिक रुपमा कुनै प्रतिक्रिया नजनाए पनि शुक्रबार प्रहरी प्रधान कार्यालयमा दिएको अभिव्यसिक्त भने महरालाई लक्षित गरेर दिइको हुन सक्ने अनुमान गरिएको छ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतले पनि प्रहरी अनुसन्धान र यसका गतिविधिबारे आफ्नो धारणा राखेका छन् ।

२०७६ असोज २४ गते १०:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर