अनमोलले टिका लगाएर दक्षिणा कति दिए ? निखिललाई संचिताले खुट्टामा ढोगिन्
आजको खबर | प्रकाशित : २०७६ असोज २५ गते ८:२१

काठमाडौँ । विजया दशमी २०७६ले विस्तारै बिदा लिँदैछ । अब मात्र एकदिन मात्र विजया दशमीको हर्षोलास नेपाल भरमा मनाइँदैछ र नेपाली सिनेमाका कलाकारहरुले पनि विजया दशमीलाई हर्षोलासका साथ मनाएका छन् ।
नेपाली सिनेमा जगतका केही सेलिब्रेटीहरु जसले विजया दशमीलाई विशेष रुपमा मनाएका छन् आजको यस भिडियोमा हामी ती सेलिब्रटीहरुको कुरा प्रसतुत गर्दैछौँ जसले विजया दशमीलाई विशेष रुपमा मनाएका छन् ।
नायक अनमोल केसीले आफ्ना हजुरआमा हजुरबुबाको साथमा बुबा भुवन केसी त्यस्तै गरी अंकल अन्टिदेखि लिएर थुप्रैसँग टिका लगाएको फोटो सार्वजनिक गरेका छन् जहाँ हनमोल केसीले आफ्ना बहिनीहरुलाई टिका पनि लगाइदिएका छन् । र, अनमोल केसीले विजया दशमीलाई विशेष रुपमा मनाएको तस्वीरबाट पनि प्रष्ट्याउँछ ।
त्यस्तैगरी बिहे गरेपछि पहिलो वर्ष विजया दशमी मनाएकी नायिका वर्षा राउटले श्रीमान संजोग कोइराला र परिवारसँगको तस्वीर सार्वजनिक गरेकी छन् ।
आफ्ना आमा बुबा त्यस्तैगरी श्रीमानको साथमा उनले प्रस्तुत गरेको तस्वीरले पनि उनी निकै नै खुसी देखेको र पहिलो विजया दशमी विशेषगरी विवाह गरेपछिको जुन विजया दशमी रहेको छ त्यो मनाउन पाउँदा उनी अत्यन्त खुसी रहेको देखन सकिन्छ ।
थप तथा विस्तृत जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोस् …