द भ्वाइसको यस ताजा एपिसोडमा आज सम्मकै यति धमाकेदार ब्याटल, हेर्नुहोस्

आजको खबर   |    प्रकाशित : २०७६ असोज २६ गते ४:४४

काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण सुरु भइसकेको छ । हिमालय टीभी एचडीमा प्रशारण भइरहेको ‘द भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।

सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने कोच सनुप पौडेल र अभया सुब्बालाई रिप्लेस गर्दै दुई नँया कोच राजु लामा र आस्था राउत रहेका छन । यस सिजनमा हरेक कोचले १६-१६ जना प्रतिष्पर्धीलाई ब्लाइन्ड अडिसनबाट छनौट गरेर ब्याटल राउण्डमा लानेछन् भने तीबाट ८ – ८ जना मात्र गर्ने छन् जो सिधा ब्याटल राउण्डमा पुग्ने छन् ।

हाल यो सिजन २ को १८ औँ एपिसोडसम्म प्रसारण भइसकेको छ भने भर्खरै प्रसारणमा आएको द भ्वाइस अफ नेपाल २ को १८ औँ एपिसोड अर्थात ब्याटल राउण्डको अशं आज हामी यस भिडियोमा प्रस्तुत गर्दैछौँ ।

यस राउण्डमा प्रत्येक कोचका २ २ जना प्रतियोगी अर्थात जम्मा ८ जना प्रतियोगीले ब्याटल गर्नेछन् आफ्ना प्रतिस्पर्धिसँग र मात्र ४ जना अर्को राउण्डकालागि छानिनेछन् । यस एपिसोडमा निकै नै धमाकेदार रहेको छ भने कोच दिपले समेत आजसम्म यस्तो खतरा ब्याटल यो स्टेजमा नभएको बताएका छन् । हेर्नुहोस् कस्को ब्याटल रह्यो यति धमाकेदार साथे अरुको कस्तो थियो यो भिडियोमा …

‘द भ्वाइस अफ नेपाल सिजन–२’को ताजा एपिसोड :

२०७६ असोज २६ गते ४:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर