शुभेच्छाको नारीप्रधान चलचित्र ‘लक्ष्मी रानी’लाई पिजी सर्टिफिकेट

आजको खबर   |    प्रकाशित : २०७६ असोज २८ गते ५:२९

काठमाडौं। नारीप्रधान चलचित्र ‘लक्ष्मी रानी’लाई केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको छ ।

शुभेच्छा थापा निर्देशित कात्तिक १ गतेदेखि प्रर्दशन हुन लागेको चलचित्रले पिजी सर्टिफिकेट पाएको हो। यो चलचित्र १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ।

शुभेच्छाको यो डेब्यू निर्देशन हो।

उनले यसअघि दर्जन बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन्। चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वयम् थापाले गरेकी हुन्।

चलचित्रमा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ। अभिनेत्री शुभेच्छाको चलचित्रमा दोहोरो भुमिका छ। त्यस्तै श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण शिवाकोटी, कमल साउद, राजु गिरी लगायतका कलाकारले पनि चलचित्रमा अभिनय गरेका छन्।

चलचित्रलाई रामेश्वर हुमागाईं, दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन् भने सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ। चलचित्रलाई आरआर फिल्मस् प्रा।लि।ले वितरण गर्नेछ।

२०७६ असोज २८ गते ५:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर