नेपाल र चीनबीच भएको २० सम्झौता (भिडियो रिपोर्ट)

आजको खबर   |    प्रकाशित : २०७६ असोज २८ गते ८:१०

काठमाडौं । दुइ दिने राजकीय भ्रमणका लागि शनिवार नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतवार स्वदेश फर्किएका छन् ।

भारतको चेन्नाइबाट शनिबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सि लाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालमा आउँदा नेपाल र चीनबीच भएको २० सम्झौताहरु हामी आज यस भिडियोमा उल्लेख गर्नेछौँ । हेर्नुहोस् …

१. सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र चीनको सम्झौता।

२. सरकारी तहमा क्षमता अभिवृद्धिका लागि दुई देशबीच समझदारी पत्र।

३. अपराध मामिलामा आपसी कानूनी साहायतासम्बन्धी नेपाल र चीनबीचको सन्धि।

४. सगरमाथा संरक्षण सहकार्यसम्बन्धी समझदारी पत्र।

५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच क्षमता अभिवृद्धिका लागि लगानी र सहकार्यसम्बन्धी प्रमुख आयोजना प्रवद्र्धन गर्ने समझदारी।

६. चीनको छेङ्दुमा नेपालको ‘कन्सुलेट जेनरल’ राख्नेसम्बन्धी पत्र आदान–प्रदान।

७. चीन–नेपाल सीमापार रेल वे को सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी पत्र।

८. काठमाडौं महानगरपालिका र चीनको नानजिङबीच भगीनी सम्बन्ध स्थापना गर्ने सम्झौता।

९. बुटवल उपमहानगरपालिकाबीच र चीनको सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता।

१०. परम्परागत उपचारमा सहकार्यसम्बन्धी समझदारी पत्र।

११. प्रकोप जोखिम व्यवस्थापन र ‘इमरजेन्सी रेस्पोन्स’ सम्बन्धी गृह मन्त्रालयहरूबीच समझदारी पत्र।

१२. दुई देशका महान्यायाधीवक्ता कार्यालयबीच सहकार्यसम्बन्धी समझदारी पत्र।

१३. त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस संस्थान स्थापना गर्नेसम्बन्धी सम्झौता।

१४. व्यापारसम्बन्धी संयुक्त कार्यदल स्थापना गर्नेबारे दुई देशका वाणिज्य मन्त्रालयबीच समझदारी पत्र।

१५. नेपालबाट चीनमा साइट्रस फलहरूको निर्यातका लागि ‘फाइटोस्यानेटरी रिक्वायर्समेन्ट’ प्रोटोकल।

१६. नेपालमा ‘चाइना–एड अर्थक्वेक मोनिटरिङ नेटवर्क प्रोजेक्ट’ लाई प्रमाणपत्र प्रदान।

१७. लगानी सहकार्य कार्यदल गठनसम्बन्धी दुई देशका अर्थ मन्त्रालयबीच समझदारी पत्र।

१८. सुरुङ निर्माण सहकार्यबारे नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सीबीच समझदारी पत्र।

१९. सीमा सुरक्षा सामग्री र कार्यालय सामग्रीका लागि ‘एक्सचेन्ज अफ् लेटर’।

२०. काठमाडौं उपत्यकामा चीन सहायताको पानी वितरण सुधार परियोजनाबारे सम्भाव्यता अनुसन्धान बैठकको निर्णय।

२०७६ असोज २८ गते ८:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर