आज ह्वात्तै बढ्यो सुनको भाउ, चाँदीको पनि उच्च

आजको खबर   |    प्रकाशित : २०७६ असोज २८ गते ७:४२

काठमाडौं। आज साताको तेस्रो दिन ९मंगलबार० सुनको भाउ ह्वात्तै बढेको छ ।

सोमबार ७० हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एकैदिन ६ सय रुपैयाँ बढेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि उकालो लागेको छ । आज तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार ६९ हजार ८ सय प्रतितोला कारोबार भएको तेजावी सुन सोमबार एक रुपैयाँ घटेको थियो ।

आज सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार र सोमबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

२०७६ असोज २८ गते ७:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर