रोनाल्डोले पुरा गरे करियरको सात सय गोल

आजको खबर   |    प्रकाशित : २०७६ असोज २९ गते ८:२१

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । सोमबार युरो छनोट अन्तर्गत युक्रेनविरुद्वको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका हुन् ।

३४ बर्षका रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । तर खेल पोर्चुगलले २–१ ले गुमाएको थियो । रोनाल्डोले आफ्नो ९ सय ७३ खेलमा सो गोल संख्या पुरा गरेका छन् । उनले पोर्चुगलका लागि ९५ औ गोल पुरा गरेका छन् ।

युक्रेनले पोर्चुगलविरुद्व जित निकाल्दै समुह बीबाट युरो कपमा छनोट भएको छ । रोनाल्डोले ७ सय गोल पुरा गर्दै केही लिजेण्ड खेलाडीको सुचिमा अटाएका छन् । तर रोनाल्डो चेक–अष्ट्रेलियन जोसफ बिकानको ८ सय ५ गोल भन्दा धेरै पछाडी छन् ।

त्यस्तै ब्राजिलका रोमारियो (७ सय ७२), पेले (७ सय ६७), हंगेरीका लिजेण्ड फेरेन्क पुस्कास (७ सय ४६) र जर्मनीका थोमस मुलर (७ सय ३५) गोल भन्दा पछाडी परेका छन् ।

२०७६ असोज २९ गते ८:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर