राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान

आजको खबर   |    प्रकाशित : २०७६ असोज २९ गते ७:१३

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान् गरेकी छिन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपरारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुले विदाई गरेका छन् ।

म्यानमार भ्रमणका लागि  राष्ट्रपति भण्डारी शितलनिवासबाट स्थलमार्ग नभई हेलिकोप्टरबार विमानस्थल पुगेकी थिईन् । स्थलमार्ग हुँदै विमानस्थल जाँदा जनतालाई सास्ती हुने देखेर राष्ट्रपति हेलिकप्टरमार्फत विमानस्थल गएको राष्ट्रपति स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा आज बिहान ११ बजे नेपाल एयरलायन्सको विमानबाट म्यानमार प्रस्थान गरेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्ने्छिन् ।

राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्ने छन् । म्यानमारमा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोन एवं ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नेछिन् । राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।

२०७६ असोज २९ गते ७:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर