आज घट्यो सुनचाँदीको भाउ, हेर्नुहोस् कति पुग्यो तालाको ?

आजको खबर   |    प्रकाशित : २०७६ असोज २९ गते ७:५१

काठमाडौं । आज साताको चौंथो दिन (बुधबार) सुनको भाउ थोरै घटेको छ । मंगलबार एकै दिन ६ सय रुपैयाँ बढेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार र सोमबार चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

२०७६ असोज २९ गते ७:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर