अमेरिका, अफ्रिका र अष्ट्रेलियाको मतगणना सकियो, पन्तभन्दा आचार्य अगाडि

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक १ गते २:१९

काठमाडौँ । काठमाडौँमा जारी एनआरएनए निर्वाचनको प्रारम्भिक मत परिणाम सार्बजनिक भएको छ ।

अमेरिका, अफ्रिका र अष्ट्रेलियाको मत परिणाम सार्बजनिक गर्दा बेलायतबाट अध्यक्षको उम्मेद्वार बनेका कुल आचार्य १८ मतले अगाडि छन् भने जर्मनीबाट उम्मेद्वार बनेका कुमार पन्त पछि पछि छन् ।

निर्वाचन आयोगले अमेरिका, अफ्रिका र अष्ट्रेलियाको बुथको मतगणना सक्दा आएको परिणाम अनुसार अध्यक्षयका उम्मेद्वार कुल आचार्य एक सय ११ छ भने कुमार पन्तको ९३ मत रहेको छ ।

त्यस्तैगरी उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ ३२, डा. बद्रि केसी ९२, धर्मराज अधिकारी ११९, हिक्मत बहादुर थापा १७, डा. केशब पौडेल ९८, किरण बिक्रम थापा २८, मन केसी १३७, नरेन्द्र बहादुर भाट ५३, सोनाम लामाको २४ मत रहेको छ ।

महिला उपाध्यक्षमा रबिना थापा ११७ तथा सपिला राज भण्डारीको पक्षमा ८७ मत परेको छ ।

त्यस्तैगरी महासचिवमा जानकी गुरुङ १०२, डा. हेमराज शमार्को ६१ मत रहेको छ भने सचिवमा अभिमानसिंह बस्नेत १२२, बिनय अधिकारी ७, दिपक ओली १४, गौरीराज जोशी ९०, आरके शर्मा ४२, शिव कुमार बस्यान ३९, कुश लिम्बु २० रहेको छ ।

पूरा अपडेटका लागि

२०७६ कार्तिक १ गते २:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर