शानदार जितका साथ बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा

आजको खबर   |    प्रकाशित : २०७६ कार्तिक ३ गते २:१४

मड्रिड (एजेन्सी) । तीन जनै फरवार्ड चम्किएको खेलमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा बार्सिलोनाले ईबरलाई ३–० गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, लियोनल मेस्सी र लुईस स्वारेजले एक एक गोल गरे ।

खेलमा अग्रता १३ औ मिनेटमा ग्रिजम्यानको गोलबाट बार्सिलोनाले लिएको थियो । ५८ औ मिनेटमा मेस्सीले पुन आफुलाई फिट रहेको प्रमाणित गर्दै क्लबका लागि दोस्रो गोल गरे ।

उनी पछिल्लो समय चोटबाट पुरा फिट हुन प्रयासरत छन् । लुईस स्वारेजले ६६ औ मिनेटमा क्लबका लागि तेस्रो गोल गरेका थिए ।

सबै प्रतियोगितामा बार्सिलोनाको यो लगातार पाँचौ जित हो । बार्सिलोनाले अर्को हप्ता रियल मड्रिडसंग एल क्लासिको खेल्ने तय थियो । तर सुरक्षाको कारण देखाउँदै सो खेल सारिएको छ ।

शीर्ष स्थानको बार्सिलोनाले ९ खेलबाट १९ अंक जोड्यो र दोस्रो स्थानको रियल मड्रिडसंग एक अंकको अग्रता लियो । ईबर ९ अंक सहित १३ औ स्थानमा रह्यो ।

२०७६ कार्तिक ३ गते २:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर